ताजा समाचार

लागु औषध सहित मानिस नियन्त्रणमा

  • साउन १५, २०७९
  • १३०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन १५ । काभ्रेपलाञ्चोक बनेपा न.पा १० जनागालमा मिति २०७९/०४/१४ गते अ. ९:३० बजेको समयमा लागू औषध कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी गस्ति टोलिले लागु औषध सहित मानिस नियन्त्रणमा लिएका छन् । प्रहरीले उनीहरूबाट ३०२ एम्पुल DIAZEPAM, ३०२ एम्पुल PHENERGAN र ३०२ एम्पुल NOOPHIN गरि एकमुष्ट ९०६ एम्पुल लागू औषध सहित बारा पिपरपाती गा.पा ४ बस्ने वर्ष अ. ३५ को समसोदिन मिया, बनेपा न.पा १० बस्ने वर्ष २८ को सविन हुमागाई र बारा डुमरवाना ४ बस्ने अ. वर्ष ३८ कि संगिता चौधरीलाई नियन्त्रणमा लिएका हुन् । लागू औषध विरगंज पर्सा वस्ने मानिसहरूले दिई पठाएको भन्ने खुल्न आऐकोले प्रहरी टोलिले स्थानिय प्रहरीसँगको सहकार्यमा बारा कलैया उप महानगरपालिका १२ बस्ने वर्ष अ. २७ को पवन कुमार शाह र विरगंज महानगरपालिका २४ पर्सा बस्ने अ. वर्ष २७ को शेषनाथ शाहलाई विरगंज पर्साबाट नियन्त्रणमा लिई मिति २०७९्/०४/१५ गते सम्मानित जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤