ताजा समाचार

समाज परिवर्तनका सम्बाहकका रूपमा आउँदै युवा समाज

  • साउन १५, २०७९
  • १४८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन १५ कोरोना पोजेटिभ भएको अवस्थामा बेडबाट । समाजमा अशल परिवर्तनको खाँचो खड्किएको अवस्थामा यूवाहरु सकारात्मक विचार लिएर अगाडि देखा पर्न थालेका छन् । देशमा चरम महँगी ,भ्रष्टाचार अनि हैकमवाद चाप्लुसी बाद र नाताबाद कृपाबादको कारण समाज अशान्तितिर गइरहेको विदित नै छ । समाजमा अशल काम गर्दा मुखमा राम राम भन्दै पछाडीबाट खुट्टा तान्ने प्रवृत्तिका कारण आज केयौ सत्य कुराहरू समाजमा ओझेलमा परिरहेका छन् । पार्टी संगठनको नाममा गलतलाई प्रोत्साहन गराउने हाम्रो समाज कता गइरहेको छ ? तपाईं हामी छातीमा हात राखेर सोचौं । तपाईं बदलिँदो परिवेशमा वास्तविकता किन बुझ्ने कोसिस गर्नुहुन्न ? नवलपरासी जिल्लाको एक गाउँ जहाबाट जिल्लाका हरेक किसिमका समस्या समाधानका लागि उठेका युवा अभियन्ता हुन् धर्मेन्द्र गिरी । जिल्लामा किशानका समस्या देखि नागरिकताको समस्यालाई उठाएर आम जनताको पक्षमा ओकालत गर्ने युवा नेतृत्वका रूपमा चिनिन्छन् गिरी । समाजमा उनले गरेको अशल काम देख्न नसकेर उनलाई बाटो छेक्ने जमात पनि उत्तिकै छन् । उनले उठाएका मुद्धाहरु राजनीतिक मुद्दा भन्दा पृथक रहेको देखिन्छ । आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेका गिरीले समाज परिवर्तनको मुख्य जिम्मेवारी पाएको कारण उनलाई खसाल्नको लागि बेला बेलामा हाना थाप हुने गरेको अवस्था समेत देखिन्छ तर अनवरत रूपले अगाडि बढिरहने युवा गिरीको साहासले गर्दा आज जिल्ला बासी खुसी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤