Siraha Times
ताजा समाचार

सिरहाको भगवानपुर गाउँपालिकामा तला बन्दी गर्ने करार कर्मचारीको चेतावनी

  • साउन १४, २०७९
  • १७३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १४ श्रावण - भगवानपुर गाउँपालिकामा कार्यरत रहेका करारका कर्मचारीहरुलाई म्याद थप नगर्दा आन्दोलीत भएका छन्।स्थानीय सरकारले कुनै लिखित निर्णय नदिई एकासी कर्मचारीहरुलाई हटाउदाँ बिचल्ली भएका छन्। पालिका अध्यक्ष उग्रनारायण यादवलाई एक सप्ताह अगाडि हटाइएका कर्मचारीहरुले पुनः काजमा फर्काउन र म्याद थप गरी करार कर्मचारीहरुलाई कार्यको जिम्मेवारी दिई कार्यसंचालन गर्न आग्रह गरेका छन्। करार कर्मचारी संघर्ष समितिले ४ दिन देखि पालिका अगाडी शान्तिपुर्ण धर्नामा बसिएका छन्।हटाईएका करारका कर्मचारीलाई पाँच राजनीति दलहरुले समर्थ गरिरहेका छन्। शुक्रबार कार्यालय अगाडि धर्नामा बसेर कार्यालय प्रवेश निशेधमा रोक लगाउदा नेपाल प्रहरी र सशस्त्र प्रहरीले धर्नामा बसिएका कर्मचारीहरुलाई हटाइएका छन्।

प्रहरीले हस्तक्षेप गर्न खोजदा कर्मचारीहरुले स्थानीय सरकार मुर्दा वाद पुलिंश प्रशासन मुर्दा वाद,हटाइएको करार कर्मचारीलाई पुनः बहाली गर लगायतका माग राखदै आन्दोलित भएका छन्।करारका कर्मचारीहरुले भगवानपुरको मुख्य चौकमा स्थानीय सरकार विरुद्ध टाईर वालेर प्रदर्शन गरेका थिए। पुनः बहाली गरिएन भने निरन्तर तला बन्दी लगायत विभिन्न कार्यक्रम गरिने चेतावनी दिएका छन्।संयुक्त पाँच दल र नेकपा एमालेका पालिका संयोजक सुर्य नारायण यादव संग दोहोरो भनाभन र गाली गलौज समेत भएको थियो।केही बेर पालिकाका अगाडी तनावग्रस्त भएका थिए।झन्डै प्रहरीले दुबै पक्षको झगडालाई रोकिएका थिए।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१