Siraha Times
ताजा समाचार

कपिलवस्तुको बाणगंगाको विद्यतु महसुल बुझाउने काउन्टरमा नक्कली नोट फेला

  • साउन १२, २०७९
  • ९९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

साउन १२ कपिलवस्तुको बाणगंगा नगरपालिका जितपुर चार नम्बरमा नक्कली एक हजार रुपैयाँको नोट फेला परेको छ। नेपाल विद्यतु प्राधिकरण तौलिहवा वितरण केन्द्र अन्तरगत जितपुरमा रहेको विद्यतु महसुल बुझाउने काउन्टरमा सो नोट फेला परेको हो। प्राधिकरण तौलिहवा शाखाका प्रशासन प्रमुख भुपेन्द्र खनालले जितपुर काउन्टरमा एक हजारको नक्कली नोट फेला परेको बताए। बुधबार काउन्टरमा संकलन भएको रकम जितपुरस्थित कुमारी बैंक शाखा कार्यालयमा जम्मा गर्न जाँदा सो तथ्य बाहिर आएको हो। कुमारी बैंकका कर्मचारीले नोट गन्ने क्रममा सो हजारको नोट नक्कली रहेको जनाएका थिए। ङ १५ २२४६३१ नम्बरको भेटिएको हजारको नोट नक्कली नोट बैंकले आफैं राखेको छ। पातलो कागज, नोट भित्र सेतो देखिने धर्को निम्म गुाण्स्तरको रहेको र गुराँसको फुल समेत स्पष्ट नदेखिएपछि नोट छाम्दा नोट नक्कली रहेको बैकका कर्मचारीहरुले पत्ता लगाएका थिए। जितपुर काउन्टरमा २ वटा महसुल काउन्टर र एक वटा विविध काउन्टर छन्। त्यसमध्ये महसुल काउन्टरमा सो नोट भेटिएको थियो। नक्कली नोट भेटिएपछि प्राधिकरणले नक्कली नोट फेला परेको विषयमा ईलाका प्रहरी कार्यालय पिपरालाई जानकारी पठाइएको प्रशासन प्रमुख खनालले बताए। काउन्टर स्थलमा सीसीटीभी समेत नरहेकोले कसले सो नोट ल्याएको भन्ने विषयमा अनुसन्धान गर्न गाह्रो हुने देखिएको छ। १ हजारको नक्कली नोट भेटिएपछि बैकहरुले सवाधानी अपनाउन सबैमा आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१