कञ्चनपुर, साउन १२ गते । सप्तरीको कञ्चनरूप नगरपालिकाले किसानका लागि ७० रुपैयामा प्रतिकिलो खरिद गरेको धानको बिउ २० रुपैया किलोमा बिक्री गर्ने तयारी गरेको छ । कञ्चनरुप नगरपालिकाले किसानहरुले बिउ खरिद गरिसकेपछि अन्तिम समयमा २२ लाख ८ हजार ६ सय ८५ रुपैयामा खरिद गरेको थियो । किसानका लागि खरिद गरिएको उक्त बिउ समयमा खरिद नगरिएको र किसानले माग गरेको जातको बिउ नलिएर कमिशनको चक्करमा कमशल बिउ खरीद गरेकोले कञ्चनरुप नगरपालिकाका कार्यपालिका सदस्य तनुकलाल शर्माले आरोप लगाएका छन् ।पालिकासंग वास्तविक कृषकहरूका तथ्याङक नभएको कारण कृषकको माग तथा लागत अनुमान बेगर खरिद गरेको धानको विउ कृषकले नलिएका कारण करिब चार सय बोरा धानको बिउ बाँकी रहेको छ ।कञ्चनरुप नगरपालिकाका कर्मचारीहरुले बिउ खरिदमा पहिला नै कमिशन लिइसकेकोले धानको बिउ फिर्ता गर्नुका सट्टा ७० रुपैया पर्ने बिउ अहिलेको बजारको दररेट अनुसार बिक्री गर्ने तयारी गरेको कार्यपालिका सदस्य शर्माले बताए ।
धान विउ खरिद मूल्य भन्दा घटी मूल्यमा बिक्रि गर्दै आएकोले पुनः धानको मोज्दात (बाँकी) रहेकोबाट यसपालि पनि कञ्चनरुप नपालाई आर्थिक नोक्सानी भएको शर्माको कथन छ । उनले भने,‘ हामीले धानको बिउ खरीदमा भएको अनियमितताबारे कार्यपालिकामा पटक पटक अवाज उठाएपनि कुनै सुनवाई भएको छैन ।’कृषि विकास शाखाले जनाए अनुसार वितेको आर्थिक २०७८/०७९को बैशाख २३ गते धान विउ खरिदको लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो । उक्त सूचना बमोजिम सोनाई विज भण्डार संग विभिन्न जातका धान अलग अलग मूल्यमा जेष्ठ १९ गतेको कञ्चनरूप नगरपालिकाले २९ हजार ३ सय ५ किलो धानको विउ खरिद गरेको थियो ।खरिद मूल्यको ५० प्रतिशत अनुदानमा पालिकाले कृषकलाई १८ हजार ३ सय ४० किलो धानको विउ वितरण गरेपनि कति किसानले विउ खरिद गरेको भरपाई पालिका संग नरहेको शाखाले जनाएको छ । पालिकासंग १० हजार ९ सय ६५ किलो धान गौदाममा मौज्दात (बाँकी) रहेको छ । पालिकाले उक्त गौदामको प्रति महिना ५ हजार भाडा तिरीरहेको छ ।
पालिकाले धान विउ खरिदको लागि गरेको सूचना अनुसार ५० प्रतिशत अनुदान रकम स्वयम सप्लायर्स दाताले कृषकसंग लिनुपर्ने उल्लेख गरेपनि पालिकाका केही कर्मचारीहरुले आफनो स्वार्थसिद्धिका लागि वडा कार्यालय मार्फत धानको बिउ बिक्रि गर्न लगाएको थियो ।तर गत बर्ष जस्तै खरिद मूल्य भन्दा घटी मूल्यमा बिक्रि गर्दा पालिकालाई ठूलो आर्थिक नोक्सानी हुने निश्चि रहेको शाखाको विगतका तथ्याङकले देखिन्छ । पालिकाले खरिदको लागि गरेको सूचना बमोजिम ७८औं महालेखापरिक्षको बार्षिक प्रतिवेदन बमोजिम आर्थिक बर्ष २०७६÷ ०७७ मा कञ्चनरूप नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको धान विउ वितरण कार्यक्रम अनुसार प्रतिकिलो ५५ रूपैयाको दरले १५ हजार २ सय ३५ किलो धानको विउ खरिद गरेको थियो ।
जसको कुल ८ लाख ३७ हजार ९ सय २५ रूपैया खरिद गरेकोमा कृषकलाई १३ हजार ४ सय ८५ किलो मात्र वितरण गरेको प्रतिवेदनमा उल्लेख छ । बाँकी रहेको १७ सय ५० किलो धान कृषकले नलगेपछि पालिकाले आधि मूल्यमा प्रतिकिलो २७ रूपैयाको दरले खाद्यान्न गोदाममा बिक्रि गरेको थियो । यसरी कृषकको माग तथा लागत अनुमान बेगर खरिद गरेको कारणले खरिद मूल्य भन्दा घटी मूल्यमा बिक्रि गर्दा पालिकालाई नोक्सान परेको ४० हजार २ सय ८० रूपैया बेरूजु ठहर भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी ७९औं महालेखापरिक्षको बार्षिक प्रतिवेदन बमोजिम कञ्चनरूप नगरपालिकाले वडा नं.९ को लागि एक लाख ३ हजार ८ सय ९४ रूपैया मूल्य बरावरको लागि १ सय ५० किलो धानको विउ खरिद गरेको छ । तर उक्त खरिद विउको वितरण भरपाईमा कुन कृषकले कति परिणम लिएको नखुलेको प्रतिवेदनमा उल्लेख छ ।
कञ्चनरूप पालिकाको कृषि विकास शाखाको क्रमचारी बेचन यादवको अनुसार वितेको जेष्ठ १९ गतेमा बिभिन्न जातको धानको विय अलग अलग मूल्यमा सोनाई विज भण्डार संग खरिद गरेको बताए । जसअन्तर्गत राधा बाह« प्रतिकिलो ७० रूपैयाको दरले ८ अजार ७ सय ५० किलो (२५० बोर), सर्वण सव एक प्रतिकिलो ७० को दरले २ सय १० किलो (६ बोरा), विजि१४४२ प्रतिकिलो ५ को दरले १५ सय किलो (५०बोरा), सोना मन्सुली प्रतिकिलो ८५ को दरले १० हजार ५ सय किलो (३ सय बोरा), कान्छि विवि११ प्रतिकिलो ८५ को दरले २७ सय किलो(९०बोरा), बहुगुनि प्रतिकिलो ७५ को दरले १ सय किलो (६०बोरा), रन्जित प्रतिकिलो एक सयको दरले ३० किलोवाला प्याकेटमा १५ सय किलो (३०बोरा) २५ किलोवाला प्याकेटमा ११सय ७५ किलो (४७बोरा) र रूखा २,३ जातको प्रतिकिलो ७५ को दरले ११ सय ७० किलो गरि कुल २९ हजार ३ सय ५ किलो (८९२बोरा ) घानको विउ पालिकाले खरिद गरेको बताए ।
साभार अबलोकित दैनिक
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic