Siraha Times
ताजा समाचार

लहानका मेयर चौधरी द्वारा ट्राफिक चिन्ह बोर्ड हस्तान्तरण

  • साउन १२, २०७९
  • १०७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ११ श्रावण - जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानलाई सडक दुर्घटना नियुनीकरणमा कमि ल्याउन लहान नगरपालिकाद्वारा एक सय ट्राफिक चिन्ह बोर्ड हस्तान्तरण गरेका छन्।लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले ट्राफिक चिन्ह बोर्ड एक कार्यक्रम बीच हस्तान्तरण गरेका छन्। नगर पालिकाको आर्थिक सहयोगमा १०० सय ट्राफिक चिन्ह बोर्ड हस्तान्तरण गरिएका छन।जिल्ला ट्राफिक प्रहरीका इन्चार्ज टुपेन्द्र श्रेष्ठको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहानका मेयर महेश प्रसाद चौधरी कार्यक्रमको प्रमुख अतिथिको आस्न ग्रहण बाट बोल्दै दुर्घटना र सर्बसाधारणलाई चेतनाको बिकास होस् र संगै ट्राफिक नियमको पालन होस् भने उदेश्यले ट्राफिक चिन्ह बोर्ड सहयोग गरेका छन्। कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज तथा प्रहरी नायव उपरीक्षक कुमार मैनाली,सशस्त्र प्रहरी लहानका प्रहरी नायव उपरीक्षक एक राज शुकला कोटी लहान नगरपालिकाको प्रबक्ता रमेश गौतम लागतका अतिथिहरुको उपस्थिति रहेको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका इन्चार्ज तथा प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार ट्राफिक नियमलाई राम्रो संग परिपालना गराउन र सुरक्षित नागरिक र यात्रुलाई सुनिस्चित गर्न ठाँउ ठाँउमा ट्राफिक चिन्ह बोर्ड लगाउन लागेका हुन्।

Open photo

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१