ताजा समाचार

आर्थिक अनियमितता सम्बन्धि समाचार बाहिरिएपछि जनकपुर जेसीज एक्सनमा

  • साउन ११, २०७९
  • १५५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । संस्थामा अनियमितता भएको भन्दै समाचारहरु बाहिरिएपछि जनकपुर जेसीजले यसको छानबिनका लागि समिति बनाउने भएको छ । समिति बनाउनका लागि जेसीजले बुधबार साधारणसभा आह्वान गरेको छ । समाचार मार्फत् आएका बिषयको बारेमा छलफल गर्दै त्यस सम्बन्धी छानबिनका लागि समिति बनाउने उद्देश्यले साधारण सभा आह्वान गरिएको जनकपुर जेसीजका अध्यक्ष राज कुमार साहले बताएका छन् । अध्यक्ष साहसहितकाले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएका छन् । अध्यक्ष साहले केहि मिडिया र समाजिक सञ्जालमा जनकपुर जेसिजलाई जोडेर अनियमितता सहितको विवादित समाचारहरु प्रकाशन भएपछि त्यहीं बिषयमा छलफलका निम्ति साधारणसभा बोलाइएको बताए । जेसिजका उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष मिलेर व्यापक रुपमा जेसिज विरुद्वको गतिविधीहरु गरिरहेको भन्दै उनीहरु सहितका लाई स्पष्टीकरण सोधिएको अध्यक्ष साहको भनाई छ । साधारणसभाबाट सम्पुर्ण घटनाको छानविनका लागि समिति बनाउने र दोषिलाई कार्वाही हुने उनले बताएका छन् । आफुलाई अध्यक्ष भन्दै विभिन्न पदाधिकारीहरु समानान्तर गतिविधी गरिरहेको भन्दै उनले जेसिजमा भएको अनियमितताको खोजतालस गर्दै गर्दा आफु विरुद्व षडयन्त्र भइरहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤