आर्थिक अनियमितता सम्बन्धि समाचार बाहिरिएपछि जनकपुर जेसीज एक्सनमा

  • साउन ११, २०७९
  • १३८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । संस्थामा अनियमितता भएको भन्दै समाचारहरु बाहिरिएपछि जनकपुर जेसीजले यसको छानबिनका लागि समिति बनाउने भएको छ । समिति बनाउनका लागि जेसीजले बुधबार साधारणसभा आह्वान गरेको छ । समाचार मार्फत् आएका बिषयको बारेमा छलफल गर्दै त्यस सम्बन्धी छानबिनका लागि समिति बनाउने उद्देश्यले साधारण सभा आह्वान गरिएको जनकपुर जेसीजका अध्यक्ष राज कुमार साहले बताएका छन् । अध्यक्ष साहसहितकाले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएका छन् । अध्यक्ष साहले केहि मिडिया र समाजिक सञ्जालमा जनकपुर जेसिजलाई जोडेर अनियमितता सहितको विवादित समाचारहरु प्रकाशन भएपछि त्यहीं बिषयमा छलफलका निम्ति साधारणसभा बोलाइएको बताए । जेसिजका उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष मिलेर व्यापक रुपमा जेसिज विरुद्वको गतिविधीहरु गरिरहेको भन्दै उनीहरु सहितका लाई स्पष्टीकरण सोधिएको अध्यक्ष साहको भनाई छ । साधारणसभाबाट सम्पुर्ण घटनाको छानविनका लागि समिति बनाउने र दोषिलाई कार्वाही हुने उनले बताएका छन् । आफुलाई अध्यक्ष भन्दै विभिन्न पदाधिकारीहरु समानान्तर गतिविधी गरिरहेको भन्दै उनले जेसिजमा भएको अनियमितताको खोजतालस गर्दै गर्दा आफु विरुद्व षडयन्त्र भइरहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस

तिलाठी कोईलाडी–१ र २ ...

रहमुल, लहान ७ पुस । बालबालिकाको अधिकार संरक्षण तथा सुरक्षित भविष्य निर्माणतर्फ महत्वपूर्ण कदमस्वरूप ...

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१