कञ्चनरुपमा २२ रुपैया पर्ने प्याड ७० रुपैयामा खरिद : प्रमुख प्रशासकीय अधिकृत साह भन्छिन् प्याड कतिमा खरिद भयो मलाई थाह छैन

  • साउन १०, २०७९
  • ११३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कञ्चनपुर,साउन १० गते । सप्तरीको कञ्चनरुप नगरपालिले थोकमा २१ देखी २२ रुपैया प्याकेट मुुल्य पर्ने सिनेटरी प्याडलाई ७० रुपैयामा खरिद गरि लाखौं रकम अनियमित्ता गरेको तथ्य खुलेको छ ।विद्यालयमा वितरण गर्न खरिद गरिएको सिनेटरी प्याड बजार मूल्य भन्दा तेबर दरमा खरिद गरेर लाखौं रकम अनियमितता गरेको तथ्य बाहिरीएको छ  । कञ्चनरुप नपाले गएको असार अन्तिममा आर्थिक बर्ष २०७८÷०७९ विनयोजित बजेटमा समुदायिक विद्यालयको छात्राका लागि २२ लाखमा खरिद गरेको सिनेटरी प्याडमामा लाखौं रकम अनियमिता भएको हो । कञ्चनरुप नपाको शिक्षा शाखाका अनुसार पालिकाले २२ लाख बरावरकोे सिनेटरी प्याड खरिदको लागि बितेको बैशाख २८ गतेमा सूचना प्रकाशित गरेको थियो । उक्त सूचना बमोजिम खरिद ऐनको सम्पूर्ण प्रक्रिया पु¥याएर पालिकाले आधुनिक सप्लायर्स राजबिराजसंग सेप्mटि कम्पनीको सिनेटरी प्याड खरिद गर्ने सम्झौता गरेको थियो । सो सम्झौता बमोजिम प्रति प्याकेट ७० रुपैयाको दरले ३१ हजार ७ सय ६ प्याकेट प्याड खरिद गरिएको शिक्षा शाखाले जनाएको छ । जबकि उक्त कम्पनीको प्याडको थोक (होलशेल) मूल्य बजारमा प्रति प्याकेट २१ देखी २२ रुपैया रहेको एक सप्लायर्स तथा थोक बिक्रेताले  जनाएको छ ।

बजारमा हरेक मनिहारादेखि औषधि पसलमा समेत सो कम्पनीको प्याड खुद्रा मूल्यमा बढिमा प्रति प्याकेट ४५ रुपैयामा सर्वसाधारणले खरिद गरिरहेको एक मेडिकल पसलबाला बताए । एक स्थानीय होलशेल औषधि पसले जनाए अनुसार सब भन्दा प्याडमा राम्रो कम्पनी भनेको विइसपर र दोस्रोमा स्टेफ्रि हो । दुवै भारतिय कम्पनीको प्याड भएपनि विइसपरको होलशेल मूल्य ५८ रुपैया ९९ पैसा पर्छ भने स्टेफ्रिको होलशेल मूल्य ४३ रुपैया ६३ पैसा पर्छ । ७० रुपैया प्रति प्याकेटको कुनै प्याड बजारमा मूल्य नरहेको समेत उक्त थोक बिक्रेताले जनाएको छ । आर्थिक बर्ष सकेपनि प्याड पाएका विद्यालयहरुले कति प्याड छात्राहरुलाइ बितरण गरेको र कति मौजदात रहेको विवरण शिक्षा शाखामा नबुझाको शाखाले जनाए । यस सन्दर्भमा प्रमुख प्रशासकीय अधिकृत रेणुका साहसँग बुझदा कुन दर रेटमा २२ लाखको प्याड खरिद भएको जानकारी आफूलाई नरहेको बताइन । थप जानकारी पालिकाको लेखाशाखासँग बुझदा शिक्षा शाखाले दिएको जनकारी बमोजिम प्रति प्याकेट ७० रुपैयाको दरमा खरिद गरिएको जनाए । 
महालेखा परिक्षकद्धारा प्याड खरिदमा बेरुजु : 
महालेखापरीक्षणको ७८औं बार्षिक प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७६/०७७ मा कञ्चनरुप नगरपालिकाले २२ लाख २३ हजार ८ सय ४० रुपैयामा २ लाख ६२ हजार ४ सय पिस प्याड खरिद गरेको थियो । पालिकाले १८ विद्यालयका प्रधानअध्यापकलाई ३५ हजार ३ सय ९० पिस प्याड मात्र वितरण विरण महालेखा परिक्षकलाई भरपाई पेश गरेको थियो । २ लाख २७ हजार १० पिस पालिकासँग मोजदात –बाँकी) रहदाँ रहदैँ पुनः उज्वल फार्मेसिबाट ६ हजार १ सय २८ पिस सेन्टरी प्याड खरिद गरी ४५ हजार ९ सय १० रुपैया भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ । पालिकाले आवश्यकताको वास्तविक पहिचान गरी खरिद गर्नु पर्नेमा मौजदात रहने गरी खरिद गरेको उल्लेख छ । वितरण गर्न बाँकी प्याडको गुणस्तरमा ह्रास आउने र म्याद समाप्त हुने हुँदा सम्बन्धितलाइ जिम्मेवार बनाई अति आवश्यक कारवाही सहित २२ लाख ६९ हजार ७ सय ५० रुपैया बेरुजु ठहर गरेको छ ।
कुन विद्यालयले कति प्याड पाए :
कञ्चनरुप पालिका भित्र ३३ ओटा समुदायीक विद्यालय मध्ये माध्यमिक तहको ८ ओटा , निम्न माध्यमिक तहको ७ ओटा र एक मदर्शा गरि १६ ओटा विद्यालयले सिनेटरी प्याड पाएको कञ्चनरुप पालिकाको शिक्षा शाखाको तथ्याङकले देखाउँछ । विद्यालयहरुले भरेको विद्यार्थिको इमिस अनुसार १६ ओटा विद्यालयमा कुल २ हजार ५ सय ३४ छात्रा रहेका छन् ।उक्त छात्राका लागि आर्थिक बर्ष २०७८÷०७९ मा नगरपालिकाको शिक्षा शाखाले २ सय ६४ बोरा सिनेटरी प्याड स्कुलहरुलाई बितरण गरेका जनाएको छ । एक बोरामा एक सय २० प्याकेट हुन्छ । जसमा जनता आधारभुत विद्यालय बदगामाले ५२ जना छात्राको लागि ६ बोरा , भृकुटी माध्यमिक विद्यालयले एक सय ४७ जना छात्राको लागि १७ बोरा , पव्लिक आधारभुत विद्यालय कञ्चनपुरको ७० जनाका लागि ६ बोरा प्याड वितरण गरेका शिक्षा शाखाले जनाएको छ ।

त्यसै गरि शंकर माध्यमिक विद्यालय सुव्बाटोलले एक सय ३३ जना छात्राको लागि १८ बोरा , राष्ट्रिय आधारभुत विद्यालय रुपनगर, वस्तीपुरको ११ जना छात्राको लागि २ बोरा, आधारभुत विद्यालय बरमझियाको ७१ जना छात्राको लागि ७ बोरा, शंकर माध्यमिक विद्यालय काष्ठमहल रुपनगरको ४ सय ८ जना छात्राको लागि ४५ बोरा, दुर्गा आधारभुत विद्यालय गोरपारको २१ जना छात्राको लागि ३ बोरा, राष्ट्रिय आधारभुत जगतपुरको ३१ जना छात्राको लागि ४ बोरा, सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुरको ६सय७१ जना छात्राको लागि ६१ बेरा, डम्बरदेवी भगवती आधारभुत ठेलिया बेगरीको १४ जना छात्राको लागि २ बोरा, राष्ट्रिय माध्यमिक विद्यालय बनरैतटोलको एक सय ५ जना छात्राको लागि १७ बोरा, भुवन माध्यमिक ठेलियाको एक सय २ जना छात्राको लागि ९ बोरा, महेन्द्र जनता माध्यमिक बलुवा, सितापुरको ३ सय ५५ जना छात्राको लागि ४० बोरा, लक्ष्मीनारायण माध्यमिक विद्यालय बैरवाको एक सय ८१ जना छात्राको लागि २० बोरा ,मदर्शा कासिमुल उलुम बैरवाको २० जना छात्राको लागि ७ बोरा सिनेटरी प्याड बितोको आर्थिक बर्षमा शिक्षा शाखाले वितरण गरेका जनाएको छ ।

अबलोकित दैनिक 

प्रतिक्रिया दिनुहोस

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१