Siraha Times
ताजा समाचार

गापा अध्यक्ष उग्रनारायण हामी संग सौतेनी ब्यवहार गर्छन्: वाडा अध्यक्ष राम कुमार यादव

  • साउन ९, २०७९
  • ११४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ९ श्रावण - भगवानपुर गाउँपालिका वाडा नम्बर ४ का किसानहरु मल खादका पिडा खेपिदै आएका छन्। किसानहरुले खेती गर्न खाद मलका लागी दर्जनौं पटक पालिका धाएर पनि मल खाद नपाउँदा चिन्ता ब्यक्त गरेका छन्। गापा अध्यक्ष यादवले हामी संग सौतेनी ब्यवहार गरेका वाडा अध्यक्ष यादवले बताए। राज्यले किसानहरुको लागी पालिकामा मल खाद पठाए भगवानपुर गाउँपालिका वाडा नम्बर ४ का किसानहरु मल खादबाट बन्चित भएका छन्।वाडा अध्यक्ष राम कुमार यादवले किसानहरुका खेती पातिका लागी पालिकाबाट लिखित रुपमा मल खाद माग गरेका थिए। माग गरेका पत्रमा गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले तोक लगाए र पनि खाद मल वाडामा न पठाउदा किसानहरु थप पिडा खेपेका छन्।यता अध्यक्षका अनुसार आफुले समयमै पालिका अध्यक्षलाई खाद मलको माग चिट्ठी पठाए पनि हाम्रो वाडाका किसानले मल खाद नपाउँदा आफू दुखी रहेको बताए।

गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले बाटो बाटै खाद मल बिक्री वितरण गरेको स्थानीय किसान प्रमोद कुमार यादव,सत्य नारायण यादव,माया नन्द कामैत बताए। अनुदानमा बृक्षारोपनको लागी पठाइएको विभिन्न प्रजातीका बिरुवाहरु समेत वाडा नम्बर ४ मा नपठाएको र भगवानपुर गाउँपालिका अन्तर्गत रहेका अरु वाडाहरुमा बृक्षारोपनको लागी बिरुवाहरु पठाई सकेको र हामीलाई सौतेनी ब्यवहार गरेको वाडा अध्यक्ष राम कुमार यादवको आरोप रहेका छन्। स्थानीय ऐन अनुसार दफा ६० र उप दफा ४ बमोजिम गाउँपालिका अध्यक्षले ७०% प्रतीशत र वाडा अध्यक्षले ३० % प्रतिशत हक स्थानीय ऐनमा उल्लेख गरिएका छन्।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१