कार्यकाल सकिदा पनि अहिले सम्मा चुनाव हुन सकेको छैन

  • साउन ८, २०७९
  • ९६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुधान्शु गिरी कृष्णनगर/ साउन ७ कृष्णनगर उधोग वाणिज्य संघ पदाधिकारीहरुको कार्याकाल सकियेको करिब ३ महिना भई सक्दा पनि अहिले सम्मा साधारण सभा न भएको, व्यापारी हरुको नविकरण न भएको, हरेक महिना ११ गते भेला हुन्छ तर त्यतिबेला आध्यक्ष- राम कुमार कौलापुरी ज्युके काम पर्छ हरेक महिना ११ गते नै भारतको लखनऊ जान्छन । अध्यक्षको अनुपस्थितमा जब उपाध्यक्ष- रबिन्द्र कुमार गुप्ता मिति २०७९/०४/०२ गते दिन सोमबार समय करिब दिउँसो १५:२२(०३:२२) फोनमा कुरा गर्दा विभिन्न बहनाले कुरा काटने प्रयास गर्नु भयो । कुरा गर्दा गर्दा उपाध्यक्ष साझा ४:३० बजे कार्यालयमै भेट्नु भन्दै फोन राख्नु भयो त्यस पछि मैले करिब ४:४० र ४:४१ बजे दुई पटक फोन गर्दा मोबाई बन्द आयो । अर्को दिन उपाध्यक्ष- रबिन्द्र कुमार गुप्ता विहानै करिब १२:०४ बजे फोन गर्दा कुरा गर्नु भयो र दोकानमा आउनु जे कुरा छ गरौला भन्नू भयो । मैले कार्यालयको कुरा कार्यालयमै गर्ने भने पछि उपाध्यक्ष मलाई केही थाह छैन आध्यक्ष संग कुरा गर्नु भनी फोन राख्नु भयो । पछि वरिष्ठ उपाध्यक्ष- नसिबदार मियालाई फोन गर्दा मा अहिले बुटवल छु अनि ३/४ दिन पछि आउन्छु भन्दै फोन राख्नु भयो । प्राय देखिँदा पदाधिकारीहरु कार्यालयमा देखिदैन्न किन होला ?

उधोग वाणिज्य संघ कार्यालय कृष्णनगरको मौजुद कर्मचारी संग सोध पुछ गर्दा ``पदाधिकारीहरु जे जसरी भन्छ्न हामी गर्ने हो, ´´ कुरा आयो । उधोग वाणिज्य संघ कृष्णनगर को निवर्तमान अध्यक्ष- श्री गुरु शरण सिंह अनुसार वर्तमान अध्यक्ष- राम कुमार कौलापुरीको कार्याकाल सकिदा पनि चुनाव गराउने पक्षमा हुनु हुन्न र हिनामिना पनि गरियेको छन । विगत ४ महिना देखि हरेक महिनामा ११ गते हुने भेला अहिले सम्मा भेला भएको छैन । वर्तमान अध्यक्ष- राम कुमार माथि उधोगपतिहरु को हाथ रहेको कारण अध्यक्षले चुनावमा रुचि देखाउनु भएको छैन । अध्यक्षले यात्रा देखाई पैसा आफ्नो खर्च चलाउनु हुन्छ । अहिले सम्मा अध्यक्षले आर्थिक हिसाब भेलामा पेश गर्नु भएको छैनन् तथा करिब २ महिना १५ दिनमा नेपाली रु. १० लाख पलाई बाट आय भयेको छ जुन चाहिँ भारत निर्यात हुन्छ । नेपाल सरकार अनुसार सी.ओ. न काटि कुनै पनि नेपाल निर्मित सामान विदेश निर्यात हुदैन । सी.ओ. काटने अधिकार उधोग वाणिज्य संघको मात्र हो । रु. २५००/- प्रती गाडी को हिसाबले नेपाल बाट भारत निर्यात हुने गर्दछ ।

विशेष सुचना अनुसार पलाईको मुल्यांकन बढी भएकोले व्यापार संघले मुलयांकन कम देखाई भन्सार पास गरि भारत निर्यात गरेको छ । जुन कारण नेपाल सरकारले राजश्वमा कतिको क्षती (कर चोरी) गरेको रहेछ्न । व्यापारी संग सोधपुछ गर्दा व्यापार संघ मा ताला बन्दी गर्ने र अध्यक्षलाई कालो मोसो गर्नेछु भनि कुरा गरेको छन । व्यापारीहरु जस्तै- होटेल व्यासायी, मदिरा व्यासायी, विदेशी समान व्यासायी, किराना मन्डी घुमदा सबैमा रिस रहेको र विरोध गरेको छन । के कारण अहिले सम्मा चुनाव किन गराएन्न ? नेपाल हाल वस्थामा भैरहवा नेपाल बाट नेपाली सिमेंट, क्षड भारत निर्यात सुरु भएको कारण कृष्णनगर उधोग वाणिज्य संघ कृष्णनगर अध्यक्ष- राम कुमारले पद छोडन चाहेन्न ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रीय स्तरमा कुर ...

काठमाडौं, मंसिर, ९ साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपा ...

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१