नवजात शिशुको उपचारमा नि शुल्क वजेट

  • साउन ८, २०७९
  • ७१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन ८ । नेपाल सरकारले नवजात शिशुको उपचारमा सहुलियत प्रदानको निर्णय गरेका छन् । सरकारको चालु आर्थिक वर्ष ०७९/८० मा नवजात शिशुको उपचारमा सेवा पूराउने उद्देश्यका साथ निःशुल्क उपचार प्रक्रिया अगाडी बढाएको छ । स्थानिय तह अन्तर्गत रहेका करिव २९ अस्पताललाई १ करोड २० लाख रुपैयाँ बजेट छुट्याएको छ । स्थानीय तह अन्तर्गत रहेका करिब २९ अस्पतालहरुमा नवजात शिशुको निःशुल्क उपचार गर्न बजेट प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको स्थानीय तह कार्यक्रम निर्देशनमा निःशुल्क नवजात शिशु शोध भर्ना कार्यक्रममार्फत उक्त बजेट बिनियोजन गरिएको हो । नवजात शिशुका रुपमा निःशुल्क उपचार गर्नका लागि देशभरका २९ स्थानीय तहका २९ अस्पतालले उक्त रकम पाएका हुन् । बजेट प्राप्त गरेका अस्पतालहरुले २८ दिनसम्मका नवजात शिशुलाई निःशुल्क उपचारमा सहयोग गर्नुपर्ने हुन्छ । उपचारमा ल्याब, जाँच, भर्ना लगायतका सेवाहरु निःशुल्क हुँने मन्त्रालयले जनाएको छ ।
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस

तिलाठी कोईलाडी–१ र २ ...

रहमुल, लहान ७ पुस । बालबालिकाको अधिकार संरक्षण तथा सुरक्षित भविष्य निर्माणतर्फ महत्वपूर्ण कदमस्वरूप ...

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१