ताजा समाचार

धनगढीमाई १४ मा टेलिफोन नेटवर्क अभाव

  • साउन ८, २०७९
  • ७४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन ८ । सिराहाको धनगढीमाई १४ भौगोलिक रूपमा विकट मानिन्छ । नेपाल सरकारले विकट नेपालको पहाडी जिल्लाहरूमा भौतिक पूर्वाधार निर्माण गरेको छ जनताले सामान्य सुविधाहरु प्राप्त गरिरहेका छन् तर सिरहाको धनगढीमाई १४ का बस्तीहरूमा नेपाल सरकारको हालसम्म ध्यान नपुग्नु चिन्ताको विषय बनेको छ । सञ्चारको सुविधा सरकारले कागजमा घोषणा गरेतापनि यस ठाउँमा हालसम्म मोबाइलमा नेटवर्क छैन भने अर्कोतिर टेलिफोन टावरको अभावमा यहाँ भएका मोबाइलहरु थन्किएका छन् । नेटवर्क समस्या समाधानको लागि नेपाल टेलिकम सिराहा लहानले स्थानिय जनतालाई झुठा आश्वासन दिएर ढाँटिरहेका छन् भने यता टेलिकम सिराहा लहानको टावरको निर्माणको लागि खरिद गरेको वा खरिद गर्न बाकी रहेको प्राविधिक सामग्रीको नाममा खेलबाजी गरेको वर्षौ बितिसक्दा पनि मौन बस्नुको कारण के होला ? स्थानिय जनतालाई टेलिकमले कहिलेसम्म ठग्ने ? यिनै प्रश्नहरू खडा गरेर पन्छिदै आएको टेलिकमले अब वर्षाको बहानामा कालोबजारी गर्ने प्रवल सम्भावना रहेकोले बन्द कोठामा बसेर संसारको कुरा गर्ने सिराहा टेलिकमलाई धनगढीमाई १४ मा स्थलगत अध्ययन गर्न जरुरी देखिएको छ । नेटवर्क सम्बन्धमा नेपाल टेलिकम लाहान शाखालाई सम्पर्ग गर्दा प्राविधिक कारणले टावर निर्माणमा ढिलाइ भएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤