धनगढीमाई १४ मा टेलिफोन नेटवर्क अभाव

  • साउन ८, २०७९
  • ५७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन ८ । सिराहाको धनगढीमाई १४ भौगोलिक रूपमा विकट मानिन्छ । नेपाल सरकारले विकट नेपालको पहाडी जिल्लाहरूमा भौतिक पूर्वाधार निर्माण गरेको छ जनताले सामान्य सुविधाहरु प्राप्त गरिरहेका छन् तर सिरहाको धनगढीमाई १४ का बस्तीहरूमा नेपाल सरकारको हालसम्म ध्यान नपुग्नु चिन्ताको विषय बनेको छ । सञ्चारको सुविधा सरकारले कागजमा घोषणा गरेतापनि यस ठाउँमा हालसम्म मोबाइलमा नेटवर्क छैन भने अर्कोतिर टेलिफोन टावरको अभावमा यहाँ भएका मोबाइलहरु थन्किएका छन् । नेटवर्क समस्या समाधानको लागि नेपाल टेलिकम सिराहा लहानले स्थानिय जनतालाई झुठा आश्वासन दिएर ढाँटिरहेका छन् भने यता टेलिकम सिराहा लहानको टावरको निर्माणको लागि खरिद गरेको वा खरिद गर्न बाकी रहेको प्राविधिक सामग्रीको नाममा खेलबाजी गरेको वर्षौ बितिसक्दा पनि मौन बस्नुको कारण के होला ? स्थानिय जनतालाई टेलिकमले कहिलेसम्म ठग्ने ? यिनै प्रश्नहरू खडा गरेर पन्छिदै आएको टेलिकमले अब वर्षाको बहानामा कालोबजारी गर्ने प्रवल सम्भावना रहेकोले बन्द कोठामा बसेर संसारको कुरा गर्ने सिराहा टेलिकमलाई धनगढीमाई १४ मा स्थलगत अध्ययन गर्न जरुरी देखिएको छ । नेटवर्क सम्बन्धमा नेपाल टेलिकम लाहान शाखालाई सम्पर्ग गर्दा प्राविधिक कारणले टावर निर्माणमा ढिलाइ भएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१