किसानलाई खाद मलकाे कोसेढुङ्गा तय गर्नुपर्ने बाध्यता

  • साउन ८, २०७९
  • ९६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन ८ । सरकारले विक्रम सम्वत २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णयबाट निर्णय पारित गर्दै २०६२ सालदेखि अषाढ १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ । करीब ८० लाख जमीनमा हुने धान खेतीको २९ प्रतिशत जमीनमा मात्र सिँचाइ सुविधा रहेको पाइन्छ । कागजमा सीमित कृषि प्रधान देशमा समयमा किसानले मल खाद नपाउनु विडम्बना रहेको छ । सीमित भौगोलिक क्षेत्रलाई मध्यनजर राख्दै सरकारले आषाढ़ १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा देशका सबै भूभागको लागि लागू नहुनसक्छ । तराईका अधिकांश भूभागमा यतिबेला रोपाइँ भइसकेको अवस्था रहेको पाइन्छ भने खाउरको रोपाइँ बल्ल साउन देखि शुरू हुन्छ । दही चिउरा खाएर धान खेतमा हिलो छ्यापेर मजाक उडाउनेहरुले तिनै किसानको सास्तीलाई बुझ्ने कोशिस गर्दैनन् । कृषि तथा सहकारी मन्त्रालयले राष्ट्रमा आषाढ़ १५ लाई किसानको मनोबल उच्च बनाउने हेतुले कम्मर कसेर धान दिवस मनाउँदै आएको अवस्थामा १९ औं धान दिवस " धान रोपौ , खाद्यान्नमा आत्मनिर्भर बनौ " भन्ने मूल नाराका साथ बिभिन्न कार्यक्रम गरी मनाएका छन् भने वास्तविक किसानको हालसम्म पहिचान भने हुन् सकेको छैन ।

विभिन्न कार्यक्रम गरेर किसानको मनोबल बढाइन्छ तर धान रोपिसकेपछि पनि किसानको संघर्षका दिनहरू सकिदैँन । धानबालीमा राखिने मल खादको सहज प्राप्तिको अभाव एकातिर रहेको छ भने अर्कोतिर धान काट्ने बेलामा प्राकृतिक प्रकोपको सामना गर्नु पर्ने अवस्थाको खयाल पनि किसानले बेलामैं गर्नुपर्ने अवस्थाको सिर्जना विगतको अविरल वर्षाले सिकाएको छ । किसानको मर्म सरकारले कहिलेसम्म बुझ्ने ? सहतापूर्वक किसानले कहिले कृषिमा अनुदान लगायतको वस्तुहरू पाउने ? हरेक किसिमको समस्याको सामना गर्दै अगाडि बढिरहेका किसानको समस्याको समाधान खोजिनु उत्तम विकल्प होला ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८। नवराजपुर गाउँपालिका वडा नं. २ का नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पूर्व ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१