ताजा समाचार

मधेशका पोखरीहरू धमाधम भत्किंदै स्थानीय निकाय मौन

  • साउन ८, २०७९
  • १३५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन ८ । तराई मधेश प्रदेशका अधिकांश भागमा पोखरीलाई पवित्र जलाशयको रूपमा मानिन्छ । घरमा कुनै धार्मिक कार्य गर्दा पोखरीमा स्नान गरेर शुद्ध भई धार्मिक अनुष्ठान गर्ने चलन रहिआएको पाइन्छ । तराई मधेसको प्रमुख चाड पर्वको रूपमा परिचित छठ पर्वको अवसरमा जलाशय अति महत्वपूर्ण मानिन्छ । पोखरीहरूको सौन्दर्यकरण गर्न लागिपरेका स्थानिय निकायको चरम लापरवाहीका कारण मनसुन सुरु भएसँगै पोखरीमा स्नानको लागि बनाइएका वालहरु धमाधम भत्किंदै गरेको छ । पछिल्लो समय पोखरीको उपभोक्ता समिति छनौटमा आफन्तबाद ,कृपाबाद , पार्टीबाद हावी हुन थालेपछि कमसल कामलाई निरन्तरता दिएर बनाइएका पोखरीका वालहरू वर्षौ नबित्दै भत्किन थालेपछि स्थानियहरुलाई चिन्ता बढ्न थालेको देखिन्छ । सरकारी बजेटको चरम दुरुपयोग गरी बनाइएका सौन्दर्यकरनको नाममा भएको ब्रहृमलुटको खोजतलास गरी कानुनी दायरामा ल्याउनका निम्ति सबै तहबाट सहयोग हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤