मधेशका पोखरीहरू धमाधम भत्किंदै स्थानीय निकाय मौन

  • साउन ८, २०७९
  • १२४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन ८ । तराई मधेश प्रदेशका अधिकांश भागमा पोखरीलाई पवित्र जलाशयको रूपमा मानिन्छ । घरमा कुनै धार्मिक कार्य गर्दा पोखरीमा स्नान गरेर शुद्ध भई धार्मिक अनुष्ठान गर्ने चलन रहिआएको पाइन्छ । तराई मधेसको प्रमुख चाड पर्वको रूपमा परिचित छठ पर्वको अवसरमा जलाशय अति महत्वपूर्ण मानिन्छ । पोखरीहरूको सौन्दर्यकरण गर्न लागिपरेका स्थानिय निकायको चरम लापरवाहीका कारण मनसुन सुरु भएसँगै पोखरीमा स्नानको लागि बनाइएका वालहरु धमाधम भत्किंदै गरेको छ । पछिल्लो समय पोखरीको उपभोक्ता समिति छनौटमा आफन्तबाद ,कृपाबाद , पार्टीबाद हावी हुन थालेपछि कमसल कामलाई निरन्तरता दिएर बनाइएका पोखरीका वालहरू वर्षौ नबित्दै भत्किन थालेपछि स्थानियहरुलाई चिन्ता बढ्न थालेको देखिन्छ । सरकारी बजेटको चरम दुरुपयोग गरी बनाइएका सौन्दर्यकरनको नाममा भएको ब्रहृमलुटको खोजतलास गरी कानुनी दायरामा ल्याउनका निम्ति सबै तहबाट सहयोग हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

लहान रा.उ.अस्पताल जग ...

लहान मंसिर २९ । लहानस्थित रामकुमार मुरारका–उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा अस्पता ...

जसपा नेपाल क्षेत्रीय ...

ओम प्रकाश यादव लहान मंसिर २९ । जनता समाजवादी पार्टी सिरहा जिल्लाका मेहिनेती नेता रामु महतो क्षेत्रीय ...

कृष्णनगरमा राष्ट्रीय ...

रवि प्रकाश कसौधन, कृष्णनगर, मंसिर २८ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रीय प्रजात ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१