ताजा समाचार

खानेपानीको साधन विनास तिर समबन्धित निकाय मूकदर्शक बन्दै

  • साउन ८, २०७९
  • ७९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन ८ । सिरहाको धनगढीमाई नगरपालिकाको वडा नं १२ मा रहेको खानेपानीको एक मात्र पुरानो विकल्प इनार बाढीपानीले विनास तिर जाँदै गरेको अवस्थामा सम्बन्धित निकाय दर्शक बन्दै आएको छ । धनगढीमाई १२ का अधिकांश बस्तीहरूमा खानेपानीको समस्या रहिआएको पाइन्छ । असारे भेलले गड्मे स्थित खुट्टी खोला र मडयान खोलाको दोभानमा रहेकाे ईनारमा बाढीले क्षति पुर्याउँदा आम मानिसहरू खाने पानीको लागि चिन्तित देखीएका छन् । स्थानिय निर्वाचनको समयमा जन्ताहरुको घर आँगनमा विकासका आश्वासन दिएका नेतागणले आज उनै जनताको समस्या प्रति बेखवर हुँदा स्थानीयमा चिन्ता बढ्न थालेको विदित गराउन चाहन्छु । निर्बाचन जीतपछि केही गर्छु भनेर आश्वासन दिनुभएको सपनाहरु के थियो ? अनी जनताले तपाईहरुलाई आफना समस्याको बारेमा बारम्बार जानकारी गराउँदा पनि तपाईहरुको ध्यान जन्ताको माझमा किन जाँदैन ? यस ईनारबाट खानेपानी उपभोक्ताहरू करिव १८० घरधुरी रहेको छ तर असारकाे भेलले ईनारमा क्षति पुर्याउँदा ईनार क्षतिग्रस्त अबस्थामा पुगिसकेको छ । के यो ईनारलाई रोकथाम गर्नको लागि योजना नै पर्खन पर्ने हो ? ईनार बाट लाभान्वित करिव १८० घरधुरीका मान्छेहरुले खाने पानीको लागि कहा जानुपर्ने हाे देखाउनु होस ? तथापी तत्काल अनुगमन गर्दै समस्याको समाधान खोजिनु तपाईं हाम्रो कर्तब्य हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤