ताजा समाचार

४८० केजी सुन बरामद गरी ४५ करोड ५८ लाख रुपैयाँ राजश्व संकलन

  • साउन ५, २०७९
  • ९०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

साउन ५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ७ महिनामा ४८० केजी सुन बरामद गरी राजस्वको दायरामा ल्याएको छ । विदेशबाट फर्किनेहरुले विभिन्न गरगहनाका नाममा सुनलाई सामान्य तोडमोड गरेर ल्याएको अवस्थामा सो परिमाणको सुन बरामद गरी राजस्व असुलपछि सम्बन्धित व्यक्तिलाई प्रदान गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयका प्रमुख प्रशासक महेश भट्टराईका अनुसार ३ अर्ब ८० करोड रुपैयाँको सुन बरामद गरी राजस्व तिराइएको हो। यसबाट ४५ करोड ५८ लाख रुपैयाँ राजश्व संकलन भएको उनले जानकारी दिए। राजस्वको दायरमा आएसँगै सो परिमाणको सुन औपचारिक रुपमा किनबेच गर्न सकिने र अनौपचारिक अर्थतन्त्रमा निरुत्साहित पुग्ने भन्सार कार्यालयले जनाएको छ। कानुनत: विदेशबाट आउने यात्रुले आफ्नो साथमा अधिकतम १०० ग्रामसम्म काँचो सुन भन्सार तिरेर ल्याउन सक्छन्। २५० ग्रामसम्म सुनको गरगहना ल्याउन पाइने व्यवस्था छ।जसमध्ये पहिलो ५० ग्रामसम्मको गहनामा पूर्ण रुपमा राजस्व छुट सुविधा हुन्छ । सोभन्दा बढी २ सय ग्रामसम्म भन्सार तिरेर ल्याउन पाइन्छ । १०० ग्रामभन्दा बढी काँचो सुन र २५० ग्रामभन्दा बढी गरगहना ल्याएमा त्यस्तो सुन र गहना जफत गरी भन्सार कानुनबमोजिम कारबाही हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤