Siraha Times
ताजा समाचार

नेपाल विधुत प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख यादवको कर्तुतले किसानलाई सास्ती

  • साउन ४, २०७९
  • २०५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार, लहान/ ४ साउन। सिरहाको लहानस्थित नेपाल विधुत प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जितेन्द्र यादवको काम कर्तुत आफैंमा लज्जास्पद र अशोभनीय रहेको देखिन्छ । आकाशे पानी नपर्दा किसान दु:खी र चिन्तित भएका छन। नेपाल विधुत प्राधिकरणका हाकिमले किसानलाई यतिबेला सताउने सास्ती हुने काममात्र गरेको पाइएको छ। खेतमा पानी पटाउँदै गरेको अवस्थामा मंगलबार ३४ वटा मोटर समातेका छन। यो देखेर सिरहाका किसान आक्रोशित बनेका थियोे । नेपाल विधुत प्राधिकरण लहानका प्रमुख जितेन्द्र यादव किसानलाई समयमा कृषि मिटर नदिइपछि बाध्य भएर हुकिङ्ग गरि मोटर ( पानी पम्प ) चलाइरहेका पिडितहरुले गुनासो गरेका छन। पिडित किसानहरूको समुहका अनुसार घुस खाएर तुरुन्त मिटर दिने गरेको बताइएको छ। घुस नदिइएपछि नयाँ कृषि मिटर दिन आनाकानी गरेकोे बताए ।

Open photo

नेपाल विधुत प्राधिकरण वितरण केन्द्र लहानले मंगलबार ३४ थान पानी मोटर पम्प समातेर किसानलाई दु:ख दिने गरेको अनुमान लगाउन सकिन्छ । नेपाल कृषि प्रधान देश, कागजमा मात्र सिमित रहेको सर्वविदित्तै छ। तर पनि, आकाशे पानी नपर्दा किसानहरु यतिबेला चिन्तित बनेको अवस्था छ। किसान खेतीपातीको काम सिध्याउन मोटरपम्प प्रयोग गर्दा नेपाल विधुत प्राधिकरण लहानका प्रमुख जितेन्द्र यादवले निर्दयी तरिकाबाट मोटरपम्प र मानिस समेतलाई कर्मचारी, प्रहरी प्रयोगगरि सास्ती दिने गरेको र किसानको समस्या नबुझेको देखिन्छ । समातेका सम्पूर्ण पानी मोटर पम्पहरुलाई मनमानी र पहुँचको आधारमा गोप्य तरिकाबाट बिक्रीवितरण र कार्यालयको कर्मचारीहरुको सेटिङ्गमा घर लग्ने गरेकोे खुलेको छ। कतिपय सेवाग्राहीका अनुसार यस विधुत कार्यालयमा व्यापक अनियमितता भइरहेको दाबी गरे। ठुालालाई चैन सानालाई बेचैन मात्र देखिएको छ र प्रसंग यही रहेको ठहर गरेका छन।

यतिबेला किसान समस्याले ग्रसित छन। समस्या बुझ्ने कोही पनि छैन । नेपाल विधुत प्राधिकरण , कृषि सामाग्री , साल्ट ट्रेडिङ लगायत स्थानीय सरकार पनि हचुवामा निर्भर देखिन्छ । यो सँगै 'मानवता' भन्ने शब्द पदीय व्यक्तिलाई हुदैन । यही अनुरुप प्रमुख जितेन्द्र यादव पनि एक हो । पदको सदुपयोग गर्ने कम भेटिन्छ तर दुरुपयोग गर्ने धेरै भेटिन्छ । अहिले प्रयाप्त पानी नपर्दा किसानको खेतमा "चिराचिरा " परेको अवस्था देखिन्छ । खेतमा पानी नहुँदा घाँस-भुसाले भरिदै गइरहेको छ। धान सुक्दै, मौलाउदै गइरहेको छ। किसानलाई तर्साउने, दुख , यातना , पीडा दिने जो कोही व्यक्ति अपराधी हुने भएकोले यस्ता कार्यालय प्रमुख जितेन्द्र यादवलाई कार्वाही हुनुपर्ने सरोकारवालासँग माँग गरेका छन। आज पिडितहरुको एक समुहसँगको भेटघाटमा ती समुहका अनुसार मंगलबार समातेका ३४ थान (पानी मोटर पम्प ) नि:शुल्क नदिइएपछि कार्यालय विरुद्धमा उत्रिने बताए ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१