ताजा समाचार

आकाशे पानी नपरेका कारण किसान चिन्तित: रोपेको धान जोगाउन कठिन

  • साउन ३, २०७९
  • १३५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान साउन ३ गते । सिरहा सहित तराईमा लामो समयदेखि पानी नपरेको कारणले वर्षाको भरमा खेतीपाती गर्ने किसानहरुलाई रोपाइँ गरेको धान जोगाउन समस्या भएको छ । नेपाललाई कृषि प्रधान देश भनेर चिनिने भएता पनी तराईका अधिकांश जिल्लामा सिचाइको उचित व्यवस्था नभएको कारण यहाका किसानलाई खेतमा रोपाईं गरिसकेको धानलाई जोगाउन कठिनाइ भएको छ । समयसमयमा पानी नपरेको कारण तराईका किसानले रोपाइँ गरेको धान सुख्न थालेपछि चिन्तित भएका छन् । किसान अकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहेकाले खेतमा रोपाईं भैसकेको धानलाई घामबाट जोगाउन समस्या भएको स्थानीयहरूले बताए । पछिलो वर्ष बेमौशमी वर्षाका कारण फलेर काटिसकेको धान खेतमै कुहिएको समाचार सर्वबितिदै छ त्यों पीड़ा अझै किसान बिर्सन नपाउदै यस वर्ष झन बर्षा नै रोकिएकोमा स्थानीय सरकार दोसी हो भन्दै स्थानीयको आरोप छ । जून किसानले उब्जाएको अन्न खाएर शहरका ठूला ठूला नेताहरु भाषण थोकिरहेका छन उनिहरुको ध्यान यतिखेर किन किसानको खेतमा गएको छैन भनी आरोप समेत लगाएका छन ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤