Siraha Times
ताजा समाचार

पत्रकारिता पेशालाई स्वतन्त्र र निष्पक्ष बनाउनु पर्छ ः राउत

  • साउन २, २०७९
  • १११७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कलैया, साउन १ । मुख्यमन्त्री लालबाबु राउतले पत्रकारिता पेशालाई स्वतन्त्र र निष्पक्ष बनाउनु पर्नेमा जोड दिनु भएको छ । नेपाल इन्स्टिच्युट अफ मास कम्युनिकेशन प्राली द्वारा आयोजित मधेश प्रदेश मिडिया अवार्ड कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै मुख्यमन्त्री राउतले पत्रकारिता क्षेत्रमा बढदै गएको नियोजित र प्रयोजित पत्रकारिताले समाज दृगभ्रमित हुदै गएकोले पत्रकारिता पेशालाई स्वतन्त्र र निष्पक्ष बनाउनु पर्नेमा जोड दिनु भयो । तथ्य र विषयलाई वंग्याएर समाचार सम्प्रेषण गर्ने प्रवृतिले काम गर्न चाहनेहरु हतोत्साहित हुने समस्या देखिएकोले सकारात्मक कुराहरुलाई समेत स्थान दिन संचारकर्मीहरु संग आग्रह समेत गर्नु भयो । मधेश सरकार प्रदेश भरिकै संचारमाध्यम तथा संचारकर्मीहरुको संस्थागत विकासका लागि मिडिया काउन्सील र आम संचार प्राधिकरणको स्थापना गरेर काम अघि बढाई सकेको उल्लेखगर्नु हुँदै मुख्यमन्त्री राउतले चालु आर्थिक वर्ष देखी मधेश प्रदेशका संचार माध्यम एवं संचारकर्मीहरुले सुविधा प्राप्त गर्ने बताउनु भयो । संचारकर्मीहरुको स्वास्थ्य विमा सरकारले शुरु गरि सकेको उहाँको कथन थियो । 

नेपाल इन्स्टिच्युट अफ मास कम्युनिकेशन प्रालीका अध्यक्ष आनन्द शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेश सरकारका अर्थ राज्य मन्त्री उषा यादव, नेपाल सरकारका पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारी, प्रदेश सभा सदस्य पारस साह सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा २० विद्यामा मधेश प्रदेशका विभिन्न संचारमाध्यम एवं संचारकर्मीहरुलाई अवार्ड प्र्दान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

करैयामाई गाउँपालिकाक ...

रौतहट , असार ५। बारा जिल्लाको करैयामाई गाउँपालिकाको १९औँ गाउँसभा तथा अधिवेशन शुक्रबार सम्पन्न भएको छ ...

प्रादेशिक अस्पताल सि ...

रहमुल, सिरहा, ५ असार । प्रादेशिक अस्पताल सिरहाको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र नागरिकमैत ...

कटहरियामा कुपोषण मुक ...

रामअधार प्रसाद यादव, रौतहट,५ असार । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१