सप्तरीको कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय रेणुुका साह र लेखा अधिकृत राजेशकुमार राजद्वारा व्यापक अनियमिता

  • साउन १, २०७९
  • ९११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

किशोर पासवान कञ्चनपुर,साउन १ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय  रेणुुका साह र लेखा अधिकृत राजेशकुमार राजले अनियमिता गरेको खुलेको छ । असार मसान्तको अन्तिममा अधिकृतद्धयले ३० प्रतिशत कमिशनमा लाखौं रुपैयाको सेनिटरी प्याड विद्यालयलाई वितरण गरेको जनाएपनि नगरप्रमुख ललन प्रसाद गुुप्ता र उपप्रमुख  मुना कुमारी पोखरेलले सेनिटरी प्याड खरिदबारे कुनै जानकारी नभएको अवलोकितलाई बताएको छ । 

कञ्चनरुप नगरभित्रका ३३ विद्यालयका लागि आवश्यक पर्ने सेनेटरी प्याड खरिदमा असार मसान्तको अन्तिम समयमा ३० प्रतिशत कमिशन लिने शर्तमा राजविराज स्थित इक सप्लार्यसबाट करिब २२ लाख ५० हजारमा ‘कागजी’ रुपमा सेनेटरी प्याड खरिद गरि विद्यालयलाई वितरण गरेको हो । खरिद प्रक्रियासम्बन्धी कुनै मापदण्ड नै नअपनाई र विद्यालयको क्षेत्राधिकारमा पर्ने काम शिक्षा शाखा समेतको मिलिभगतमा प्रमुख प्रशासकीय अधिकृत साह र लेखा अधिकृत राजले  आफूखुसी गरी खरिद गरेको नगरपालिकाका एक कर्मचारीले जनाएको छ । 

कञ्चनरुप नगरपालिकाका ३३ ओटा सामुुदायिक विद्यालयहरुले गत आर्थिक वर्षमा विदालयका विद्यार्थीहरुलाई खुवाएको खाजाको रकम प्रमुख प्रशासकीय अधिकृत साह,लेखाअधिकृत राजेशकुमार राज र शिक्षा शाखाका कर्मचारीको मिलिभगतमा सबै रकम फ्रिज गरिएको छ । नगरपालिकाभरीका सामुदायकि विद्यालयहरुका कराडौं रकम फ्रिज गर्ने हाकिम र लेखाअधिकृतले कमिशन आउने भएपछि सेनिटरी प्याड भने खरिद गरेको छ ।   

सरकारले सेनिटरी प्याड – वितरण तथा व्यवस्थापन) कार्यविधि,२०७६ कार्यान्वयन गरि देशभरका साुमुदायकि  विद्यालयमा अध्ययनरत किशारावस्थाका छात्राहरुलाई महिनाबारीको समयमा आवश्यक पर्ने महिनाबारी व्यवस्थापन सामग्री उपलब्ध गराई उनीहरुको स्वास्थ्यमा सुधार गरि सोही कारणबाट विद्यालय छाड्ने समस्या समाधान गर्न गुणस्तरी शिक्षाको प्रत्याभूति गर्न र महिनावारी व्यवस्थापन साग्रीको दिगो विर्सन तथा पुन : प्रयोग गर्न सकिने सामग्रीको प्रयोग गर्न कार्यविधमा उल्लेख छ ।

उक्त कार्यविधिको बुदाँ नम्बर १४ मा स्थानीय तहस्तरीय सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समिति गठन गर्ने प्रावधान छ । पालिकाका उपप्रमुख÷उपाध्यक्षको संयोजकमा रहेको सो समितिले प्रत्येक स्थानीय तहका सामुुदायिक विद्यालयका छात्राहरुको लागि सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यमा आवश्कता अनुसार समन्वय,सहजीकरण र अनुुगम गर्न समिति गठन गर्ने प्रावधान छ । उपप्रमुखको संयोजकको रहेको उक्त समितिको मुुख्य काम स्थानीय तहभित्रका सामुुदायिक विद्यालयका छात्राहरुलाई आवश्यक पर्ने सेनिटरी प्याड समयमै खरिद तथा वितरण भए नभएको अनुुगमन गर्ने रहेको छ । तर कञ्चनरुप नगरपालिकामा स्थानीय तहस्तरीय सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समितिको संयोजक मुना कुमारी पोखरेलले सेनिटरी प्याड खरिदबारे कुुनै जानकारी नभएको बताइन् ।  उनले भनिन,‘ नीतिगत रुपमा समितिको संयोजक त मै हुँ तर प्याड खरिदको विषयमा मलाई कुनै जानकारी छैन, म बुुझेर भन्छुु ।’ 


कञ्चनरुप नगरपालिकाका लेखाअधिकृत राजेशकुमार राजले सेनिटरी प्याड खरिद गरिएको स्वीकार गरे । उनले भने,‘ खरिद गरिएको प्याड विद्यालयहरुलाई एक हप्ता अघि नै हस्तान्तरण गरिएको छ ।’ प्रमुख प्रशासकीय अधिकृत साह र लेखा अधिकृत राजले दुवै जनाको मिलिभगतमा अनियमिता भएको हो ।  उपप्रमुखले जस्तै कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुुप्ताले भने,‘ अघिल्लो कार्यकालको बजेट भएकाले मलाई यस विषयमा जानकारी छैन ।’ जवकी सेनिटरी प्याडको भुक्तानी असार अन्तिममा भएको हो । 

नगरपालिका स्रोतका अनुसार स्थानीय पत्रिकामा सूचना प्रकाशित गर्नुका सट्टा अधिकृतद्धयले सप्तरी जिल्लाकै  एक पत्रिकामा सेनिटेरी खरिद सम्बन्धी सूचना प्रकाशित गरेर कागजी रुपमा प्रक्रिया मिलाउने प्रयास गरेको हो । तर नगरपालिकाकै वेभसाईटमा समेत सो खरिदबारे सूचना अपडेट गरिएको छैन । कञ्चनरुप नगरपालिकाका ३३ ओटा सामुुदायिक विद्यालयहरुले गत आर्थिक वर्षमा विदालयका विद्यार्थीहरुलाई खुवाएको खाजाको रकम प्रमुख प्रशासकीय अधिकृत साह,लेखाअधिकृत राजेशकुमार राज र शिक्षा शाखाका कर्मचारीको मिलिभगतमा सबै रकम फ्रिज गरिएको छ । नगरपालिकाभरीका सामुदायकि विद्यालयहरुका कराडौं रकम फ्रिज गर्ने हाकिम र लेखाअधिकृतले कमिशन आउने भएपछि सेनिटरी प्याड भने खरिद गरेको छ ।

साभार अबलोकित दैनीकबाट 

प्रतिक्रिया दिनुहोस

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

हिन्दु युवा शक्ति कप ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१