बिहीबारदेखि बेपत्ता रहेका २ बालकको शव वाग्मती नदीमा फेला

  • असार ३१, २०७९
  • ८६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

जगत ठाडा मगर रौतहट, असार ३१ । रौतहटको वाग्मती नदी किनारमा दुई जना बालकको शव फेला परेको छ । बिहीबार दिउँसोदेखि बेपत्ता भएका बालकको शव शुक्रबार बिहान भेटिएको हो ।   बिहीबार विद्यालयबाट फर्किएर वाग्मती नदीमा नुहाउन गएका दुर्गाभगवती गाँउपालिका- ३ मत्सरीका १३ वर्षीय हर्ष झा र वडा नं. २ भलोहियाका १३ वर्षीय आदित्य दास बेपत्ता भएका थिए । दुवै बालकको खोजी कार्यका लागि गोताखोरसहितका सुरक्षाकर्मीहरु परिचालन भएको थियो ।    खोज तलास गर्ने क्रममा हर्षकुमार झाको शव बिहीबार बिहान दुर्गाभगवती - ५ बहुअर्वामा र आदित्य झाको शव वडा नंं ३ पर्साटोलस्थित वाग्मती नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी सुनिल मल्लले बताए ।   शव भेटिएपछि हाल मुचुल्कालगायतका कामहरु गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको ।

प्रतिक्रिया दिनुहोस

तिलाठी कोईलाडी–१ र २ ...

रहमुल, लहान ७ पुस । बालबालिकाको अधिकार संरक्षण तथा सुरक्षित भविष्य निर्माणतर्फ महत्वपूर्ण कदमस्वरूप ...

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१