प्रचण्ड भारत भ्रमणमा निस्कनुअघि बालुवाटारमा सत्ता गठबन्धनको बैठक

  • असार ३१, २०७९
  • ८४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जगत ठाडा मगर काठमाडौं, असार ३१ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे नौ बजेबाट बसेको हो ।   बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।   बैठकमा उपसभामुख निर्वाचनलगायत विविध समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बुझिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमणमा निस्कनु अघि गठबन्धनको बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस

तिलाठी कोईलाडी–१ र २ ...

रहमुल, लहान ७ पुस । बालबालिकाको अधिकार संरक्षण तथा सुरक्षित भविष्य निर्माणतर्फ महत्वपूर्ण कदमस्वरूप ...

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१