Siraha Times
ताजा समाचार

नेशनल माईक्रोफाइनान्स लघुवित्त बरियारपट्टी शाखाद्वारा नागरिक समाजसँगको अन्तरक्रिया सम्पन्न

  • असार ३१, २०७९
  • ७६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान/३१असार। सिरहाको बरियारपट्टी गाउँपालिका रहेको नेशनल माईक्रोफाइनान्स लघुवित्त वितीय संस्था लिमिटेडद्वारा आयोजित सदस्य, अभिभावक, जनप्रतिनिधि र नागरिक समाज सँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त अन्तरक्रिया कार्यक्रम बिहीबार बरियारपट्टी गाउँपालिकास्थित श्री जनता माध्यमिक विद्यालय प्राविधिक धारमा गाउँका अगुवाहरुको भेला गरि अन्तरक्रिया कार्यक्रम गरिएको छ। नेशनल माईक्रोफाइनान्स लघुवित्त वितीय संस्था लिमिटेड बरियारपट्टी शाखाका तर्फबाट कम्पनीको सि.ई.यो. रामबहादुर यादवको अध्यक्षता तथा बरियारपट्टी गाउँपालिका गाउँकार्यपालिकाका अध्यक्ष संतोष कुमार महतोको प्रमुख अतिथ्वमा कार्यक्रम गरिएको थियोे । बरियारपट्टी गाउँपालिका अध्यक्ष संतोष कुमार महतोका अनुसार - " अहिले लघुवित्त संस्थाहरुले हरेकलाई खुशी पार्न प्रयत्नरत्न" रहेको बताए । बैङकीँग कारोबार, सस्तोमा ऋण, गाई,गोरु पालन, मत्स्य पालन , खेती किसानीका लागि किसानलाई सस्तोमा ऋण दिइदै आइरहेको बताए । उनका अनुसार हाम्रो पालिका समृद्धको आधार अनुरुप लघुवित्त वितीय संस्था रहेको दाबी गरेका छन।

सि ई यो रामबहादुरका अनुसार - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड राष्ट्रिय स्तरको “घ” वर्गको वित्तीय संस्था हो । यस संस्थाको मुख्य उदेश्य लघुवित्त कार्यक्रम मार्फत समाजमा रहेका विपन्न तथा गरिब वर्गको जीवनस्तर माथि उठाउने र राष्ट्रको गरिबी न्युनिकरणमा टेवा पुर्‍याउने रहेको बताए। यो सँगै बरियापट्टीकै जीवछी देवी यादवले भने, लघवित्त संस्थाले ऋणदेखि लिएर सहयोग भावना दर्साउदै आएको परिस्थिति पुरक रहेको सहभागीहरु धारणा प्रस्तुत गरेका थियो ।ने क पा माओवादी बरियारपट्टी गाउँपालिकाका प्रत्यासी अजयकुमार यादव - किसानहरु अब आउने दिनमा " भविष्य सुनिश्चित साथै समृद्धिको आधार हेतु बैंककीङ्ग कारोबार गर्न आग्रह गरेका छन। मिटरब्याज घातक रहेको संकेत भएकाले अहिलेको युग प्रविधि मैत्री रहेकाले बैङकीग कारोबार उचित ठानेका छन।बरियारपट्टी गाउँका किसान, मजदु, बुद्धिजीवी, शिक्षक, राजनीतिककर्मी, अगुवा, नागरिक समाज लगायत आजको लघुवित्त संस्थाको कार्यक्रममा उल्लेखनीय सहभागीता देखिएको थियोे ।

प्रतिक्रिया दिनुहोस

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१