Siraha Times
ताजा समाचार

शहिदनगरका मेयर यादवले निकालेको सूचना अधिकृतले गरे रद्द

  • असार ३०, २०७९
  • ११५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । धनुषाको शहिदनगरका नव निर्वाचित मेयर दिनेश प्रसाद यादवद्धारा हस्ताक्षरित एक पत्रमा गत आर्थिक बर्ष नै उल्लेख भएको देखिएपछि आलोचना भएको छ । विहिबार मेयर यादवद्धारा जारी गरिएको करारका कर्मचारीको अवधी थप सम्बन्धी पत्रमा आर्थिक बर्ष २०७७÷०७८ नै राखेपछि आलोचना भएको थियो । समाजिक सँजालमा पोष्ट गरिएको उक्त पत्रप्रति आलोचना गरिएपछि सो पत्रलाई हटाएर अर्को पत्र जारी गरिएको हो । शहिदनगर नगरपालिकामा करार सेवामा कार्यरत कर्मचारीहरुलाई कार्य सम्पादन र मूल्याँकनको आधारमा पुन अवधी थप गर्ने गरी कार्य सम्पादनको प्रतिवेदन बुझाउन जारी गरिएको सूचनामा चालु आर्थिक बर्ष २०७८÷०७९ हुनुपर्नेमा २०७७÷०७८ नै राखेपछि पत्रको अर्थ उल्टीएको थियो । सो आर्थिक बर्षमा पूर्व मेयर उदय कुमार बरबरिया (यादव) नै मेयर रहेको समयमा नयाँ मेयर दिनेश प्रसाद यादवले सूचना नै नहेरी हस्ताक्षर गरेको पाईएपछि उनको कार्य कौशलताप्रति प्रश्नचिन्ह खडा गर्दै समाजिक सँजालमा आलोचना भएको थियो । केही समयपछि नै सो पत्रलाई निष्कृय घोषणा गर्दै शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले सँयुक्त रुपमा हस्ताक्षर गरी पुनः सूचना जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१