Siraha Times
ताजा समाचार

सन नेपाल लाईफ इन्स्योरेन्सद्वारा सहजै मृत्यु दावी भुक्तानी

  • असार ३०, २०७९
  • १०६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३० असार - वैदेशिक रोजगारमा श्रीमान गुमाएकी सजन महतोलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले पीडित सहन महतोलाई क्रिया खर्च सहित १४ लाख रकम सहयोग गरेका छन। प्रबन्धक महतोले निरन्तर सहज रुपले मृत्यु दावी भुक्तानी दिने गरेका छन्। सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ कलापानी बस्ने रामदत महतो र आमा पानो देवी महतोको ३ छोरा मध्ये जेठो छोरा ३५ वर्षिय बिजय कुमार महतोलाई करिब ४ महिना अगाडि कतारमा मृत्यु भएको थियोे। घरको आर्थिक अवस्था निकै कमजोर रहेको महतोले वैदेशिक रोजगारमा ४ कतार पुगेका थिए। बिलडिङ्ग निर्माण कम्पनीमा लेबरको काम गर्दै आएका उनी एकासी पेट दुखेर मृत्यु भएको परिवारजनले बताए। कतार स्थित २०७९ बैशाख २२ गते बिजय महतोलाई कतार मै मृत्यु भएको थियो।मृतक महतोलाई एक श्रीमती एक छोरा र ३ छोरी छिन्। मृतक महतोको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा बिमा अभिलेख नम्बर FE 1000294938 रहेका छन्।

प्रतिक्रिया दिनुहोस

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१