कञ्चनरुपमा कमिसन आउने कामको मात्रै भुक्तानीमा जोडः शिक्षा क्षेत्रको करोडौं रकम फ्रिज,शिक्षकहरुद्वारा चरणबद्ध आन्दोलन गर्ने चेतावनी

  • असार २९, २०७९
  • ९१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

किशोर पासवान कञ्चनपुर,असार २९ गते ।  कञ्चनरुप नगरपालिकाले कमिशनको लागि ठेकेदारहरुको मात्रै चेक भुक्तानी गर्न जोड दिएपछि सामुदायिक विद्यालयका शिक्षक,कर्मचारीहरुले तलब भत्तासँगै शिक्षा क्षेत्रको करोडौं रकम फ्रिज गराइएको छ ।

कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकी अधिकृत रेणुका साह,लेखाअधिकृत रमेशराज र जनप्रतिनिधिको मिलोमतोमा ३२ ओटा सामुदायिक विद्यालयका शिक्षक,कर्मचारीको तीन महिनाको तलब,भत्ता,विद्यार्थीको छात्रवृत्ति रकम,दिवा खाजा लगायतको शिर्षकमा करोडौं रकम फ्रिज गराइएको हो । कञ्चनरुप नगरपालिकाको शिक्षा समितिका सदस्य एवं लक्ष्मी नारायण मावि वैरवाका प्रधानाध्यापक राजकुमार साहको अध्यक्षमा नगरपालिकाभरीका सामुदायिक विद्यालयका प्रअहरुको बैठकले सामुदायिक विद्यालयको समस्याको समाधान तत्काल नगरिए विद्यालय बन्द गर्नेसम्मको आन्दोलन गर्ने निर्णय गरेको छ । 

विद्यालयका प्रअहरुले शिक्षकहरुको माँगहरु समयमा पूरा नभएको खण्डमा  चरणबन्द आन्दोलन गर्ने जनाएको छ । प्रअहरुको बैठकले चरणबद्ध आन्दोलनको क्रममा सामुुदायिक विद्यालयको पदमा पठन पाठन बन्द गर्ने,प्रमुख प्रशासकीय अधिकृतको कार्यालय,शिक्षा शाखा तथा लेखा शमखामा तालाबन्दी समेतको कार्यक्रम अगाडी बढाउन बाध्य हुने उल्लेख गरेका छन् । सर्वोदय माबि कञ्चनपुरमा बसेको बैठकले गरेको निर्णयमा भनिएको छ,‘विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको आव २०७८÷०७९ अन्तर्गत बैशाख,जेष्ठ र असार महिनाको तलब भत्ता हालसम्म निकाशा नभएको हुदाँ हामी शिक्षक कर्मचारीहरु अन्यायमा परेकोले त्यसमाथि गहन छलफल गर्दा वास्तमा यस कञ्चनरुप नगरपालिकाको शिक्षा शाखा, लेखा शाखख एवं प्रशासनले हामीमाथि बदनियतपूर्ण तरिकाबाट तलब भत्ता समयमा निकाशा नगरेकोले भत्सर्ना गर्दै समस्याको सिघ्र समाधान गर्न गराउन भनी सर्वसहमतबाट निर्णय गरियो ।’

विद्यालयका प्रअहरुले कञ्चनरुप नपा अन्तर्गतको शिक्षा शाखा मार्फत  आव २०७८/०७९को लागि पाठ्यपुस्तक,छात्रवृत्ति लेखा परिक्षण,समाजिक परीक्षण,मसलन्द,शिक्षण अनुदान,विद्यालय सुधार योजना,इन्टरनेट,दिवा खाजा अनुदान जस्ता अन्य शीर्षकहरुको अनुदान रकम के कति कारणले समयमा निकाशा नभएकोले सो सम्बन्धमा सम्बन्धित निकायसँग वृहत्त छलफल गरी निकासा दिन अनुरोध गर्ने निर्णय गरेका छन् ।साथै बैठकले सामुदायिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको विभिन्न सर्सत अनुदानहरु यथासिघ्र सममै निकासा गरिदिनहुनका लागि माँग गर्ने  निर्णय गरेका छन् । 

कञ्चनरुप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ताले ज्ञापन पत्र म संग आएको छ । म नगरपालिकामा पार्टी भन्दा माथि उठेर काम गर्ने बताए । उनले भने, “ मलाई आफनो कुरा राख्न कुनै अप्ठयारो छैन र म कुर्सीमा बसेको १६ दिन मात्र भएको छ।” नगर प्रमुख गुप्ताले विद्यालयको अवस्था शिक्षकको अवस्था के छ र पुस्तक समयमा पाएको छ कि छैन त्यस तर्फ ध्यान पु¥याउनु पर्ने र केही साथीहरुको विवाद गर्ने बानी रहेको बताए । विद्यालयहरुमा १ वर्ष देखीको दिवा खाजावापत रकम नपाएको आफुले सुनेको बताए । गुप्ताले भने, शिक्षकहरुको माग प्रति आफु गम्भिर रहेको र माग चाडै पुरा गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रीय स्तरमा कुर ...

काठमाडौं, मंसिर, ९ साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपा ...

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१