गठबन्धन भँगलगतै लहान तनावग्रस्त, एमाले ताली बजाउँदै गरे स्वागत

  • असार २९, २०७९
  • १०१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, २८ असार । केही समयता लहानमा शान्ति सुरक्षा फितलो बनेको छ । चोरी लुटपाटको घटना व्यापक बढेपनि अपराधीलाई नियन्त्रणमा लिन नसकेको लहान प्रहरीको कमजोरी प्रदर्शनमा आएको छ । लहान ७ स्थित मेयर महेश चौधरीको घर अगाडि नागेन्द्र साहको घरमा करिब ढेड लाख बराबरको चोरी भएको छ । चोरी भएको तीन साता भएपनि लहान प्रहरीका डिएसपी कुमार मैनाली चोर पक्राउ गर्न असक्षम भएको छ । जहाँ चोरको हुलिया समेत पता लागिसकेको छ । चोरी गर्ने चोर सखुवानन्कारकट्टीका हुन । मेयर चौधरीको छिमेकीमा चोरी भएपछि नागेन्द्र साहले मेयरलाई फोन गर्दा समेत नउठाउँने उनले गुनासो गरेका छन् ।

लहानमा गेंग फाइट, लोकमार्गमा म्याजिक स्टेन राखेर असुली, गिट्टी बालुवा उत्खनन, दलितलाई निर्णायक समितिमा नलग्ने, महिला हिँसा, घरेलु मदिरा खुलमखुला विक्री, किसानलाई खाद्यमलको अभाव, म्याद गुज्रिएको मालसमान विक्री, दैनिक उपभोग्य समाग्रीमा कालोबजारी, नीजि विद्यालयमा महँगो शुल्क, बजारमा पार्कको अभाव, सरसफाईको कमि,यौनधन्दा, लहान नगरपालिकाले चलाएको शिपमुलक सिलाईकटाईमा व्यापक भ्रष्टाचारी (नक्कली वील भर्पाई), शिक्षा, स्वास्थ्यमा व्यापक लापरवाहीले लहान आतंकीत बनेको छ । यसमा पनि मेयर महेश चौधरी र उपमेयर रामचरितर महतोबीचको विवादले लहान नगरपालिका लथालिँग भएको छ । एक बैठकमा मेयर चौधरीको टेवल नै उपमेयर महतोले हलाएर विवादको कसिलो प्रदर्शन गरेको छ । मेयर चौधरीले गठबन्धन भंग भएको भन्दै भाषण गरेपछि लहान नगरपालिकामा विवाद शुरु भएको छ । गठबन्धन भँग भएलगतै नेकपा एमालेपक्षीय कार्यकर्ताले टोलटोलमा ताली बजाउँदै स्वागत गरेको छ ।

अर्कातीर लहान नगरपालिकाको कर्मचारी हटाउँने भएपछि मेयर चौधरीमाथी श्रमजिवी ऐन अनुरुप मुद्दा हाल्ने तयारीमा रहेको छ । २ सय ४० दिन काम गरेपछि स्वत स्थायी गर्नुपर्ने प्रावधान छ । यसैबीच लहान नगरपालिकाबाट संचालित विकास निर्माणका योजनाहरु जस्तापाता जस्ता वितरणमूखि कार्यक्रमहरुको स्थानीयतहको ऐन २०७४ को दफा १६ को उपदफा ४ को खण्ड ख को ५ बमोजिम अनुगमन गर्ने अधिकार उपप्रमुखको रहेको छ । सोहि अनुसार राहत पाउने गरिब जनता बिहान १०ः०० बजेदेखि नगरपालिकामा जस्तापाताको लागि सम्बन्धित वडा कार्यालयको सिफारिस लिई आएका सेवाग्राहीलाई प्रमुखको तोक आदेश लगाउन समेत प्रमुखको सुरक्षा गार्डले रोक लगाएको सेवाग्राहीले बताएका छन् । उक्त सेवाग्राहीको पीर मर्का बुझि उपप्रमुखले सेवाग्राहीलाई जस्ता पाता बितरण गर्दा आज प्रमुख महेश प्रसाद चौधरीको आदेशानुसार ईलाका प्रहरी कार्यालय, लहानका डिएसपी कुमारप्रसाद मैनाली तथा नगर प्रहरीले अबरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१