मतदाता नामावलीमा महिलादलितको पहुँच सुनिश्चितकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • असार २२, २०७९
  • १०१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान/२१असार। मतदातासूचीमा महिला, दलितलगायत सीमान्तकृत समुदायको पहुँच सुनिश्चित गर्न जिल्लाका सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम मंगलबार सिराहा पुस्तकालय भवनमा सम्पन्न भएको छ । दलित सरोकार मञ्च नेपालका अध्यक्ष भोला पासवानको अध्यक्षता तथा सिराहा जिल्ला निर्वाचन अधिकृत इन्दिरा यादवको प्रमुख अतिथ्वमा आजको कार्यक्रम सम्पन्न भएको छ। दलित सरोकार मञ्च नेपाल कञ्चनरुप नगरपालिका -८ सप्तरीको आयोजनामा गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुका अनुसार दलितले सधैं भेदभावको सिकार हुँदै आएकोमा दलितको समस्या समाधान गर्न प्रदेश सरकारसँग माग गरेका छन् । यो सँगै सिराहाका जिल्ला निर्वाचन अधिकृत इन्दिरा यादवका अनुसार - जिल्ला निर्वाचन कार्यालय काम कर्तव्य लगायत नागरिक वडापत्रका आधार काम गरिएको बताए । १८ वर्षपुगेका नेपाली नागरिकले नागरिकता पाउने बितिक्कै नजिकको मतदाता संकलन केन्द्र स्थापित ठाउँ गई मतदाता संकलन कार्यलाई सहकार्यका लागि व्यवस्था गरिएको बताईन। तर , जिल्ला निर्वाचन कार्यालयमा कुनैपनि व्यक्ति सेवा लिन/ नाम एन्ट्री गराउन नआएको बताए ।

संजय महारा अनुसारका अनुसार मधेश प्रदेशमा मात्र दलितले नागरिकता पाइएको समस्या छैन । नागरिकता पाएपनि मतदाता नामावली नाम छुटेका धेरै अहिलेपनि छ, र तिनीहरूलाई कसरी सहभागी गराउने त्यसतर्फ विशेषरुपमा स्थानीय सरकारको चासो विषय हुनुपर्ने बताए । मतदाता नामावली सम्बन्धि समस्या हरेक प्रदेशमा छ। विद्मान उक्त समस्या समाधानका निम्ति व्यक्ति स्वयं जागरुक हुनुपर्ने जिकिर गरे । सीमान्तकृत समुदाय र महिला दलितलाई दबाबमा राख्न चाहने दललाई मधेसका जनताले मत दिएकाले महिला, दलित र सीमान्तकृत समुदायका समस्या समाधान हुन नसकेको गुनासो गरेका हुन् । दलितको मतदाता नामावली वा नागरिकताको समस्या समाधानका लागि संसदमा आवाज उठाए पनि प्रदेश सरकार पेन्डुलमजस्तै भएकाले कुनै समाधान हुन नसकेको एक सहभागीले टिप्पणी गरेका छन दलित सरोकार मञ्च नेपाल महिला, दलित पिछडिएको वर्गप्रति सदैव निष्ठावान रहिआएको देखिन्छ । महिला, दलितलगायत सीमान्तकृत जनताका समस्या समाधानका लागि मधेश प्रदेशका सबैजिल्लामा अन्तरक्रिया गरिएको दलित सरोकार मञ्चका अध्यक्ष अगुवा भोला पासवानले बताए ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१