Siraha Times
ताजा समाचार

कृष्णनगरमा झोला तथा जुत्ता चप्पल बनाउने पन्द्रह दिने तालिम सहित प्रविधि हस्तान्तरण

  • असार २०, २०७९
  • १२९८ पटक पढिएको
  • रामएकवाल राम
alt

कृष्णनगर, अषाढ २० - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ वडा कार्यालयको भवनमा झोला तथा जुत्ता चप्पल बनाउने पन्द्रह दिने तालिम समापन सहित प्रविधि हस्तान्तरण गरिएको छ l "

सिप सिकौ आत्मनिर्भर बनौ" भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत कृष्णनगर नगरपालिकाको आयोजना तथ नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मंत्रालयको सहयोगमा कार्यक्रम संचालन गरिएको थियोl उक्त समापन कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष जाबेद आलम खा, वडा सचिव अनवार अहमद खां, लगायत अन्यको उपस्थित मा कार्यक्रम समापन गरिएको थियोl

झोला बनाउने तालिममा १६ जनाको सहभागिता रहेको थियो र झोला बनाउने १६ वटा मेसिन तथा जुत्ता चप्पल बनाउने पन्द्रह दिने तालिममा १६ जनाको सहभागिता रहेको थियो र ४ वटा मेसिन वितरण गरिएको थियोl झोला बनाउने तालिमको प्रशिक्षकमा कमला राना तथा जुत्ता चप्पल बनाउने तालिमको प्रशिक्षकमा ज्योति पुन रहनुभयोl झोला तथा जुत्ता चप्पल बनाउने पन्द्रह दिने तालिम समापन सहित प्रविधि हस्तान्तरण कार्यक्रममा कार्यक्रम संचालन विनिता केसीले गरिन l समापन कार्यक्रममा अन्य व्यवस्थापनको भूमिका चेतना बुढाथोकीको रहेको थियोl

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१