ताजा समाचार

कपिलवस्तुको शुद्धोधन गाउं पालिका बजेट ५३ करोड ९० लाख २२ हजार

  • असार ११, २०७९
  • ११९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी विजयनगर कपिलवस्तु: जिल्लाको शुद्धोधन गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ५३ करोड ९० लाख २२ हजार बराबरको बजेट विनियोजन गरेको छ । सातौं गाउँसभामा उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले उक्त बरारबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सोमध्ये चालु प्रशासनिक खर्च ९ करोड पुँजीगत खर्च २२ करोड ९६ लाख २२ हजार र वित्तीय व्यवस्था अर्थात सशर्त अनुदान २१ करोड ९४ लाख रहेको छ । सो अवसरमा गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम सर्वसम्मतले पास भएको थियो । अध्यक्ष चौधरीले मावि तहमा अध्ययनरत छात्राहरुको लागि निःशुल्क साइकल वितरण, गर्भवती सुत्केरी महिलाहरुलाई अध्यक्ष कोशेली कार्यक्रम जस्ता कार्यक्रमहरु प्रस्तुत गरेका छन् ।

साथै अध्यक्ष चौधरीले कृषि, पशु, स्वास्थ्य शिक्षा, वन वातावरण, पर्यटन जस्ता क्षेत्रमा पनि उल्लेखनीय नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका छन् । प्रशासन शाखा प्रमुख ईश्वरी प्रसाद न्यौपानेको संचालनमा सम्पन्न सभामा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले पेश गरेका विभिन्न निर्णय पारित गर्दैसभा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤