ताजा समाचार

सिरहाको बरियारपट्टीमा किसानहरूलाई भैंसी विमा गरिने

  • असार ९, २०७९
  • १०१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ९ असार -सिरहाको बरियारपट्टी गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भैंसी पालन पोकेट कार्यक्रम संचालनमा आएको छ्। लक्ष्मण सिंह कृषि सहकारी संस्थाका अध्यक्ष अजय कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने प्रमुख अतिथिमा गाउँपालिका उपाध्यक्ष ममता कुमारी यादव विशिष्ट अतिथिमा बरियारपट्टी गाउँपालिको प्रमुख प्रशाशकीय अघिकृत रजित जंग अघिकारी रहनु भएको थियो।

Open photo

अतिथिहरुमा वडा नम्बर १ का अध्यक्ष देवेन्द्र यादव,वडा नम्बर २ का अध्यक्ष राम खेलाउन दास,वडा नम्बर ३ का अध्यक्ष बिनोद यादव,अध्यक्ष नम्बर ४ का अध्यक्ष नबीन यादव, वडा नम्बर ५ का अध्यक्ष शिब नारायण यादव,वर्तमान बरियारपट्टी गाँउपालिका उपाध्यक्ष रेखा कुमारी यादव गाउँ पालिका प्राविधिक ई.सुरेन्द्र कुमार यादव,कृषि शाखा प्रमुख सत्रुधन यादव पशु शाखा प्रमुख दोरीकलाल यादव छोटिभन्सार ईन्चार्ज कृष्ण देव यादव भू पु प्रधानाध्यापक अमरेश कुमार यादव विमा संस्था प्रतिनिधि कुश कुमार यादव समाजसेवी पवन कुमार यादव,राम कुमार यादव दिपेन्द्र यादब लगायतका अतिथिहरुको सहभागिता रहेको थियो।

उक्त कार्यक्रमबाट भैंसी पालन गर्ने किसानहरूलाई भैंसी विमा र भैंसीको खाने पौष्टिक आहारका सामग्री, किराका औषधि,भ्याक्सिन सावुन,घाँसका विउ विजन वितरण तालिम सञ्चालन गरिने क्रियाकलाप सार्वजनिक गर्दै कार्यक्रम समपन्न गरेका छन्। किसानहरुको हक हितमा काम गर्ने संस्था लक्ष्मण सिंह कृषि सहकारी संस्थाका निरन्तर लागिपरेका छन्। उक्त संस्थाद्वारा बिगत एक हप्ता अगाडि बृहत शिवीको आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस

थारू कल्याणकारिणी सभ ...

आशिक हुसैन शेख दोहा, कतार । थारु कल्याणकारिणी सभा (थाकसा) कतार च्याप्टरअन्तर्गत महिला विभागद्वारा आय ...

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤