ताजा समाचार

जिल्ला समन्वय समितिको प्रमुखमा महतो निर्वाचित

  • असार ९, २०७९
  • ११७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ७ असार -जिल्ला समन्वय समिति सिरहामा नेकपा (एमाले) र जनता समाजवादी पार्टी, नेपालको गठबन्धनको पुरा प्यानल नै निर्वाचित भएको छ । सभापतिमा जसपाका दिनेश महतो र उपसभापतिमा एमालेका दिलिप लामा निर्वाचित भएको जसपाकी मधेश प्रदेश समिति सदस्य ललिता दास बिद्रोहीले जानकारी दिईन्। सभापतिको उमेदवार दिनेश कुमार महतोको जम्मा २६ मत ल्याएको थियो भने उप-प्रमुखको उमेदवार दिलिप लामाले जम्मा २५ मत ल्याएका थिए।भने काङ्ग्रेसका सभापति उमेदवार मनोज कुमार गुप्ता जम्मा ७ मत ल्याएका थिए। जिल्ला सभापतिमा दिनेश महतो र उप-सभापतिमा दिलिप लामा निर्वाचित भएका छन्।

त्यसै गरी सदस्यहरूमा एमालेका गिता कुमारी पासवान, सोनाबती कुमारी महरा,रबिन्द्र महतो र सूर्यनाथ यादव तथा जसपाबाट शोभा कुमारी यादव र जानकी यादव र सुरेश यादव निर्वाचित भएका छन्। जिल्ला समन्वय समिति सिरहामा गठबन्धन गर्नको लागि एमालेका नेता तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठ र जसपाकी नेतृ रेनु यादवले सक्रिय भूमिका निर्वाह गरेका थिए।निर्वाचनमा गठबन्धनले दोबर मतले निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤