Siraha Times
ताजा समाचार

राजसंस्था जोगाउनकै निम्ति रविलाई राप्रपाको निमंतरण

  • असार ५, २०७९
  • १०४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अहिले सामाजिक संन्जालमा सन्चार कर्मी रबि लामिछाने को हल्ला चलेको छ । अब रबि राप्रपामा आउ राजा ल्याउला देश बिकाश अब हामी बाट गरौला:भन्दै फेसबुक टिकटक जस्ता सोसल मिडियामा पनि हल्ला चलेको छ । खोइ अब कता कुन पार्टिमा जालान त रबि लामिछाने ? तँपाईलाई कुन पाटिमा गए राम्रो होला ? भन्ने लाग्छ आफ्नो मन मा लागेको विचार कमेन्ट गर्नुहोला ।

यो पनि अर्को बिक्लुकै नया र ताजा समाचार पढ्नुहोस । काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने अन्ततः राजनीतिमा होमिएका छन् । आगामी प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बन्ने योजनासहित उनले बिहीबार ग्यालेक्सी टेलिभिजनबाट बिदा लिए ।लामिछानेले राजनीतिमा आउने घोषणा गरे पनि धेरै प्रश्न अनुत्तरित राखेका छन् । पार्टीबाट वा स्वतन्त्र उम्मेदवारी दिने भन्ने स्पष्ट भएको छैन । निर्वाचन क्षेत्रपनि भनेका छैनन् । काठमाडौंमा बालेन्द्र साहले स्वतन्त्रबाट चुनाव जितेपछि रविले पनि हौसिएर उम्मेदवारी दिन लागेकोसमेत चर्चा छ । यद्यपि, रविले आफू राजनीतिमा आउने पहिल्यैदेखिको योजना रहेको बताए ।

अहिले उठेका सबै जिज्ञासाको जवाफ आफूले आगामी ७ गते दिने उनको भनाइ छ । रवि राजनीतिमा प्रवेश गर्दै गर्दा उनीसँग नेपाली फिल्मका कलाकार तथा क्याप्टेन बिजय लामाले पनि राजनीतिक यात्रा सुरु गर्न लागेको वुझिएको छ । यो बिषयमा औपचारिक घोषणा भने हुन बाँकी छ । तर, श्रोतका अनुसार काठमाडौं वा काभ्रेमध्ये एक ठाउँबाट स्वतन्त्र उम्मेदवारको रुपमा राजनीति यात्रा सुरु गर्ने बिजय लामा पनि तयारी अवस्थामा छन् । नेपाली फिल्म क्षेत्रका सफल नायकले राजनीतिमा कुनै पनि बेला आउन सक्ने संकेत दिइरहेका छन् । तर, स्वतन्त्र रुपमा आउने वा कुनै पार्टीको उम्मेदवार भएर आउने भन्ने बिषयमा राजेश अझै दोधारमा छन् । तर, रविले हमाललाई पनि अगाडि लिएर जान खोजेको वुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१