Siraha Times
ताजा समाचार

भन्सार नभएको भारतीय ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिए

  • असार ३, २०७९
  • १२७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असार ३ ,२०७९ सप्तरी आज शुक्रबार अन्दाजी ७.३० बजेको समयमा सप्तरी जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १ कोशी ब्यारेज स्थित सशस्त्र प्रहरीले राजमार्गमा भन्सार नभएको रिफाईन पाल्मोनियम तेल १५ सय टन बोकेको मालवाहक भारतीय ट्र्कलाई नियन्त्रणमा लिएको छ। पुर्वतर्फबाट पश्चिम आउदै गरेको UP 75M3695 नम्बरको भारतिय ट्रकलाई सशस्त्र प्रहरी बल, नेपाल नं. ६ गण हे.क्वा.मातहत सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश भारदहबाट खटि गएका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ्गको कमाण्डमा ०७ जनाको मोवाईल गस्ती टोलीले नियन्त्रणमा लिएको हो। भन्सार मुल्य एक करोड नौ लाख छयानब्बे हाजर रुपैयाँ बराबरको भन्सार नभएको विवरण उल्लेख भएको छ।ट्रक संगै चालक भारत उत्तर प्रदेशको कानपुर प्रान्त देहान बस्ने ३८ वर्षीय अवध बाबु र सह-चालक भारत उत्तर प्रदेशको कानपुर प्रान्त नगर बस्ने २३ वर्षीय धिरज कुमारलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालय बेल्ही सप्तरीमा बुझाईएको छ।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१