Siraha Times
ताजा समाचार

सोनमती गाढाको विद्यालयलाई नमुना बनाउँने मेयर चौधरीको प्रतिबद्धता

  • असार १, २०७९
  • १५४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, १ असार । श्री जनता मावि सोनमती गाढाले आज लहान नगरपालिकाका मेयर उपमेयरलगायत जनप्रतिनिधिहरुलाई जेठ ३१ गते स्वागत तथा सम्मान गरेका छन् । सो कार्यक्रममा मेयर महेश चौधरीले यो विद्यालयलाई नमुनाको रुपमा अग्रसर गर्न जोड दिनु भएको छ । मेयर चौधरीले विद्यालयको चदरा यथाशिघ्र फेर्न भन्दै विद्यालयको कम्पाउन्डवाल हाल्न नगरपालिकाले बजेट विनियोजन गरिसकेको सो कार्यक्रममा सार्वजनिक गर्नुभयो । विद्यालयको शौचालय र खानेपानीको व्यवस्थापन गर्न जोड दिँदै पठनपाठनलाई स्तरीय बनाउँन व्यवस्थापनक समिति र शिक्षकहरुको दायित्व हो । यसको लागि भौतिक कार्य गर्न लहान नगरपालिकाले सधैं सहयोग गर्ने मेयर चौधरीले बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मो.रिजवान राइनका सभाध्यक्षतामा भएको कार्यक्रममा उपमेयर रामचरित्र महतोले शिक्षा विना विकास निर्माण कार्य अधुरो नै हुने गरेकोले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । लहान १९ का वडाध्यक्ष कमरुदीन राइन र लहान २३ का वडाध्यक्ष बद्रीनारायण यादवलगायत दुवै वडाका जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ भने दुवै वडाका पूर्वध्यक्ष द्धय कन्हैया गुप्ता र हकिमलगायतको सहभागी रहेको प्रअ अरविन्द दासले बताएका छन् । विद्यालयलाई लहान नगरपालिकाले तत्काल साढे ६ लाख दिने मेयर चौधरीले प्रतिबद्धता गरेका छन् । विद्यालयको शौचालय र खानेपानी व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१