Siraha Times
ताजा समाचार

सिरहाको कसहामा काङ्ग्रेसका कार्यकर्ताद्वारा जसपाका कार्यकर्तालाई निर्घात कुटपिट

  • जेठ २८, २०७९
  • १४३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २८ जेठ - सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ७ कसहामा स्थानीय तहको निर्वाचनमा आफू पक्षको पार्टीलाई सहयोग नगरेको भन्दै काङ्ग्रेसका केहि गलत कार्यकर्ताहरुले जसपाका कार्यकर्तामा माथी निर्घात कुटपिट गरेको छ्। सोही गाउँ बस्ने रामजी यादवको छोरी सुजिता कुमारी यादवको बिवाहको जयन्तीलाई स्वागत र सहयोग गर्न आएका स्थानीय ३८ वर्षिय शिव कुमार महतोलाई स्थानीय नेपाली काङ्ग्रेसमा लागेका गोबिन्दा यादव,इनर कुमार यादव,संजय कुमार यादव,रबिन्द्र यादव,लिल कुमार यादव,प्रमिल यादव लगायतका काङ्ग्रेसका केही गलत कार्यकर्ताहरुले आफ्नो पार्टीलाई स्थानीय निर्वाचनमा सहयोग नगरेको भन्दै बिवाहको मौका छोपेर स्थानीय जसपाका कार्यकर्ता शिव कुमार महतोलाई बिहेको राती एकासि लखेटेर महतोलाई निलडाम नहर्ने गरी निर्घात कुटपिट गरेका छन।

कुटपिट पश्चात् घाइते महतोलाई उपचारको लागि स्थानीय मेटाे मेघा हेल्थ केयर प्रा.ली.कसहामा उपचार भईरहेको स्थानीय समाजसेवी सुरेन्द्र कुमार महतोले बताए।डा.राम चलितर महतोका अनुसार राती कुटपिट भएको ब्यक्तीलाई प्रहरीले उपचारका लागी ल्याउदा बिरामीको अवस्था नाजुक रहेको बताए।महतोलाई शरीरको विभिन्न भागमा गहिरो चोट पटक लागेको र उपचारका लागी हामीले भर्ना राखीएको हो। आवश्यक पर्यो भने बाहिर पनि पठाउन सक्छु डाक्टर महतोले बताए।

पीडितको श्रीमती अमिरका देवी महतोका अनुसार सोही ब्यक्तीहरुले मेरो घरको सदस्यहरुलाई पटकपटक कुटपिट गर्ने गरेको छ्।दोसिलाई कार्वाहीको जोडदार माग गरेका छन् भने उपचारमा लाग्ने खर्च र क्षतिपूर्तिको समेत माग गरेका हुन्। चुनाव सम्पन्न भए लगत्तै नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले पुर्व ग्राही हुँदै जसपाका महतोलाई बिवाहको मौका छोपी कुटपिट गरेको स्थानीय इन्द्र कुमार महतोले बताए। प्रहरी चौकि कसहाको इन्चार्ज देबेन्द्र यादवले पत्रकारहरु रिपोर्टिङको लागी अस्पताल पुगदा सानोतिनो घटनामा पत्रकारलाई किन बोलाएको पीडित पक्षलाई भनेका थिए।नेपाली काङ्ग्रेस सिरहामा गलत नेता कार्यकर्ताहरुको कारण सिरहा नेपाली काङ्ग्रेस बदनाम हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१