ताजा समाचार

लहान अस्पताल दुर्गन्धित, सिरहा अस्पतालमा विरामीलाई सास्ती

  • जेठ २७, २०७९
  • ११३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, २७ जेठ । प्रादेशिक अस्पताल लहानमा खुला दिशामुक्त क्षेत्रको कुनै असर परेको छैन । अस्पतालको ठीक अगाडि दिशापिसाव गरेकोले सेवाग्राही थप विरामी हुन बाध्य छ । अस्पताल कम्पाउन्डमा रहेको चर्पी पूर्णरुपमा बन्द गरिएको छ । चर्पीमा बोतलले भरिएको छ भने दुर्गन्धित अवस्थामा पुगेकोले त्यसक्षेत्रमा पुग्न नाकथुनु सिवाय कूनै उपाय छैन । पानी खाने चपाकल दुर्गन्धित बनेको छ । हप्तौदेखि अस्पतालमा प्रयोग हुने विभिन्न किसिमको स्लाइनपानीको बोतल, नालसाल, विभिन्न किसिमको फोहोर ट्रयाक्टरमा थुपारेर राखिएको छ । अस्पतालको पूर्व र उत्तरपट्टी कवाडीलगायत दुर्गन्धित फोहोर जताततै फालिएको छ । अस्पताल व्यवस्थापन समिति दुर्गन्धित फोहोरप्रति बेखर छ भने आर्थिक हिनामिना समेत चरम रुप लिएको छ । लहान नगरपालिकाका मेयर महेश चौधरीले हालै अनुगमन गर्न त्यस अस्पताल पुगेका थिए । मेयर चौधरीले यथाशिघ्र फोहोर व्यवस्थापन गर्न सल्लाह दिएको बताएका छन् । उता, मधेश सरकारको मातहतमा रहेको सुविधा सम्पन प्रादेशिक अस्पताल सिरहाका सेवा निकै कमजोर र विरामीलाई सास्ती खेप्न बाध्य छ ।                                              मधेश प्रदेशको सुविधा सम्पन तथा राम्रो सेवा प्रवाहका रुपमा चिनिने प्रादेशिक अस्पताल सिरहाका सेवाका अवस्था कमजोर भएको छ । २४ घण्टै सेवा दिईरहेको अस्पातालमा सम्बन्धी रोगका डाक्टर नभेटने र सेवा लिन आएका विरामीलाई उपचार भन्दा तनाव हुने गरेको अस्पतालका विरामीहरु बताउँछन् । रात्रिकालिन सेवा लिन आएका बिरामीलाई डाक्टर भेट मुसकिल हुने गरेको दिपेन्द्र कुमार यादबले बताए ।   इमेरजेन्सिमा रात्रिकालिन सेवा लिन आउने बिरामीलाई सहयोगी तथा अभ्यासका लागि आएका विधार्थीहरुले मात्र सेवा दिने भएकाले बिरामीलाई उपचार भन्दा भयत्रास मात्र हुने गरको छ । यता दैनिक सेवालिन आउने बिरामीलाई पनि सम्बन्धी विशेषज्ञ डाक्टरको सेवा लिन मुस्किल भईरहेको यादबले बताए । सरकारले उपलब्ध गराउने ७० प्रकारका औषधी मध्ये सिटामोल पनि बिरामीलाई दिदैन् । अस्पाताल भित्र संचालन भएका फारर्मसीमा बिरामीलाई डाक्टरले लेखेका कुनै पनि औषधी भेटदैन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤