Siraha Times
ताजा समाचार

महिला परिचालिकाहरुले नगर प्रमुखलाई बुझए ज्ञापन- पत्र

  • जेठ २५, २०७९
  • १५८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २५, जेठ । सिरहाको लहान नगरपालिकाका सामुदायिक सिकाइ केन्द्रका महिला परिचालिकाहरुले आज लहान नरपालिकामा संयुक्त रुपमा ज्ञापन -पत्र बुझाएका छन् । १० बुंदे माग राख्दै नगर प्रमुख महेश प्रसाद चौधरी र उप- प्रमुख राम चलितर महतोलाई ज्ञापन - पत्र बुझाएको प्रगतीशिल सामुदायिक सिकाइ केन्द्र लहान -२४ की महिला परिचालिका शुधा यादवले बताईन् ।      received_839488673687150                                                     

नेपाल सरकारले सासिकेमा कार्यरत महिला परिचालिकाहरुलाई मासिक उपलब्ध गराउदै आएको न्युनतम् मासिक तलब रु ८ हजार मा ७ हजार थप गरि श्रावण १ गते बाट लागु हुने गरि १५ हजार गरिनु पर्ने , तलब भुक्तानी मासिक रुपमा हुनुपर्ने , केन्द्रको बार्षिक कार्यान्वयन गर्न न.पा.बाट प्रति केन्द्र रु ५ लाखको दरले बार्षिक बजेट विनियोजन हुनुपर्नेलगायतको माग राखि नगर प्रमुख मार्फत नगरपालिकाको शिक्षा शाखा , प्रमुख प्रशासकीय अधिकृत लगायत लाई बोदार्थ पठाईएको लवकुश सामुदायिक सिकाइ केन्द्र लहान- ४ का अध्यक्ष ज्ञान कुमार महतोले बताए ।                                                                              received_3188451248108851        यता लहान नगर प्रमुख महेश प्रसाद चौधरीबाट सामुदायिक सिकाइ केन्द्रको हितको लागि साकारात्मक प्रतिक्रिया आएको छ । कार्यपालिका बैठकबाट केन्द्रको हितको लागि निणर्य गरिने मेयर चौधरीले प्रतिबद्धता गरेको उनिहरुको कथन रहेको छ । लहान नगरपालिकामा जम्मा ७ वटा सिकाई केन्द्रमा ७ जना महिला परिचालिकाहरु कार्यरत रहेको श्रोतबाट बुझिएको छ । यसैबिच उनिहरुले नव निर्वाचित नगर प्रमुख महेश प्रसाद चौधरी र उप-प्रमुख रामचलितर महतो लाई स्वागत तथा सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१