भ्रष्ट अधिकृत यादवको भ्रष्टाचारजन्य कार्यलाई ढाकछोप गर्न नेपाल निजामती कर्मचारी संगठनको विज्ञप्ती

  • जेठ २२, २०७९
  • ११८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज २१ जेठ । नेपाल निजामती कर्मचारी संगठन पर्साका जिल्ला सचिव राजेश चौहानले जेठ २० गते र सोही संगठनका जिल्ला उपाध्यक्ष संदिप कुमार पटेलले जेठ २१ गते छुटा–छुटै प्रेस विज्ञप्ति जारी गरी पटेर्वा सुगौली गाउँपालिकाका कार्यकारी अधिकृत सन्देश यादवको भ्रष्टाचार सन्दर्भमा यस अनलाईनमा समाचार प्रकाशन भए पछि सो संगठनले अधिकृत यादवको भ्रष्टाचारजन्य कार्यलाई ढाकछोप गर्ने प्रयास गरेको छ ।

२० गतेको विज्ञप्तिमा बिना तथ्य प्रमाणको एउटा राष्ट्र सेवक कर्मचारीको चरित्र हत्या गर्ने गरि समाचार छाप्नु कुनै पनि पत्रकारको शोभनीय कुरा नरहेको जनाईएको छ । सो विज्ञप्तिलाई आधार बनाएर केही अनलाईन मिडियाहरुले गलत नियतले कर्मचारीको मर्यादामा आच आउने गरी समाचार प्रकाशन गरिएको भनिएको छ । जुन विज्ञप्तिमा “गलत नियत” शब्द कहि कतै लेखिएको छैन् । पत्रकारमित्रहरु यस अनलाईनलाई गलत नियतको आरोप लगाएर यहांहरुले कुन नियतले समाचार प्रकाशन गर्नु भएको छ, जुन कुरा यहाँहरुलाई नै थाहा होला । यस सन्दर्भमा टिक्काटिप्पणी गर्न सोभनिय ठानेको छैन् ।

२१ गतेको विज्ञप्तिमा कर्मचारीहरुको चरित्रहत्या गर्ने, मानमर्दन गर्ने किसिमले केही पत्रिका तथा अनलाईन मिडियाहरुमा भ्रामक समाचार प्रकाशित गरिएकोमा सो प्रति संगठनको गम्भिर ध्यानाकर्ण भएको जनाईएको छ । सो विज्ञप्तिमा ईन्धन नदिएको, विज्ञापन नदिएको, भने जतिको भुक्तानी नगरेको र अन्य स्वार्थ पुर्ती नभएको झोकमा कोही कसैलाई भ्रामक, निराधार र तथ्यहीन समाचार लेखि कसैको मानमर्दन गर्नु गराउनु पेशागत आचरणको प्रतिकूल रहेको विज्ञप्तिमा उल्लेख छ । पाठकवृन्द, कर्मचारीहरुको हकहितको लागि स्थापना भएको नेपाल निजामती कर्मचारी संगठनले आफ्ना कर्मचारीलाई बचाउ गर्दै अधिकृत यादवको भ्रष्टाचारजन्य कार्यलाई ढाकछोप गरेको विज्ञप्तिबाट प्रष्ट देखिन आएको छ । यस अनलाईनका कसैले अधिकृत सन्देश यादव संग भेटेर अथवा फोन गरेर केही मागेको छ भने सार्वजनिक रुपमा अधिकृत यादव वा संगठनले पुष्टि सहित भनदिएमा जुनसुकै दण्ड सहन यो अनलाईन तयार छ ।

संगठनले भ्रामकको खेती गरेर विज्ञप्ति निकाल्दैमा अधिकृत यादव मात्र होईन, जुन सुकै भ्रष्ट कर्मचारीको बारेमा यो अनलाईन लेख्न पछि पर्दैन । जुनसुकै चुनौतीको सामना गर्नु परेपनि सामना गर्छौ तर आफ्नो कर्तव्य र दायित्वबाट यो अनलाईन पछाडि हटदैन् । एक टाईम्स दैनिकका बरिष्ठ पत्रकारले अधिकृत यादव जुन पालिकामा गए पनि गोप्य सूचना छाप्ने र उनका भ्रष्टाचारजन्य कार्यलाई ढाकछोप गर्दै आए पनि यस प्रकरणमा विज्ञप्ती आफै टाईप गर्ने, पत्रिका र अनलाईन मिडियाहरुलाई फोन गरी–गरी प्रकाशन गर्न लगाउनमा तल्लिन देखिएका छन् ।

आखिर किन ? कतिमा ठेक्का लिईएको छ ? पत्रकारको दायित्वभित्र यस्ता कार्यहरु पर्छ ? अरुलाई अनावश्यक लान्छना लगाएर विज्ञप्ती टाईप गर्ने ती पत्रकार महोदयले अधिकृत यादव संग ५ लाख दम्पच गरेर बडो मिहिनेत गरिराखेका स्रोतले जनाएको छ । “अन्याय, अत्याचार र भ्रष्टाचार विरुद्ध निरन्तर प्रहार” गर्दै आएको यस अनलाईनले भ्रष्ट अधिकृत यादवले विभिन्न पालिकाहरुमा रही गरेका अनियमित्ताहरुको खोजतलास गरी एक पछि अर्को समाचार आमजनता माझ ल्याउने प्रयासरत्त रहनेछ ।

प्रतिक्रिया दिनुहोस

तिलाठी कोईलाडी–१ र २ ...

रहमुल, लहान ७ पुस । बालबालिकाको अधिकार संरक्षण तथा सुरक्षित भविष्य निर्माणतर्फ महत्वपूर्ण कदमस्वरूप ...

कपिलवस्तु प्राविधिक ...

 अजय मिश्र कपिलवस्तु, पुस ७। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्रा ...

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१