लहान नगरपालिकामा घुस खाएको प्रमाण दिनुस् ,मेरो राजीनामा हुन्छ ः मेयर चौधरी

  • जेठ २०, २०७९
  • १०१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान २० जेठ । तपाईहरु लहान नगरपालिकामा आउँनुस् ,काम गराएर जानुस् । यद्दि कुनै कर्मचारी अर्थात म मेयरले एक रुपैयाँ खाएको प्रमाण दिनुस् त्यही दिन राजीनामा दिन्छु लहानका मेयर महेश चौधरीले बताउँनुभयो । राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोएसन नेपाल लहान नगर समितिले आयोजना गरेको शैक्षिक अन्तरक्रिया तथा सम्मान कार्यक्रममा आज मेयर चौधरी यो भन्दा अगाडि दायाँ र बायाँ गरेको थियो । अब प्यावसन र एन प्यावसन दूवै मेरो मुटु छ । विभेद हुँदैन । शिक्षा समितिमा सबैको समान अधिकार हुने गरी गठन गरिने उहाँले बताउँनुभयो ।

मेयर चौधरीले फाउन्डर प्रिसिन्पलहरुले बोर्डिँगबाट कमाएर चिलो गाडी चढ्न सक्छौ । कर तिर्नलाई ३—४ तथा १० हजारको कुरा गर्नु हुन्छ । आवश्यकता अनुरुप कर तिरेन भने लहानलाई शैक्षिक हव कसरी बनाउँनु हुन्छ ? तपाईहरु कर तिर्नस् । नगरपालिकासँग लिनुस् न । के चाहिन्छ ? सुविधा लिनुस् उहाँले बताउँनुभयो । तपाईहरु आउँनुस् । कुन कुन स्कूललाई दर्ता गर्नुपर्छ । दर्ता गर्दा एक सय एक हजार पनि शिक्षा समितिले घुस खायो भने त्यही दिन मेरो राजीनामा भएको हुनेछ मेयर चौधरीले बताउँनुभयो ।

तपाईहरु छातीमा हात राखेर भनुस् । कति दलित गरिबलाई निःशुल्क शिक्षा दिनु भएको हो ? छैन । जहाँ शिक्षा ऐनमा लेखेको छ , १० प्रतिशत दलित गरिबलाई निःशुल्क पठ्नपाठन गराउँनुपर्ने हो । त्यो सुविधा दिनुस् । नगरपालिकाबाट के सुविधा दिनुपर्छ त्यसमा पछि नहट्ने । परीक्षाको सवालमा सँगै मिलेर फड्को मारौ, नगरपालिका तपाईहरुसँगै छ । शिक्षा ऐन अनुरुप लहान नगरपालिका अलिकति पनि पछाडि नपर्ने मेयर चौधरीले बताउँनुभयो । लहानका बोर्डिगले दलित गरिब मजदुरको बच्चालाई पढाई दिनुस् । पैसा मात्रै कमाएर हुँदैन । शिक्षाको वारेमा ठुलोठुलो कुरा गरेर हुँदैन । जुन ठाउँबाट पैसा कमाउँनु हुन्छ त्यही ठाउँमा प्रयोग गर्नुस् उहाँले बताउँनुभयो । शिक्षामा आजसम्मको जरिवाना जति छ त्यो आजैदेखि मिनहा भएको घोषणा गर्दै मेयर चौधरीले सात दिनमा निवेदन दिनुस् । १५ दिनभित्र तपाईको स्कूल दर्ता दिएर पठाउँछु उहाँले बताउँनुभयो ।

कार्यक्रममा धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले विद्यार्थी भोलीको देशको भविष्य हो । विद्यार्थीहरुलाई हप्तामा एक दिन कृषि कार्यमा ५ घण्टा श्रम गराउँने योजना रहेको बताउँनुभयो । बालबालिकाहरु कुलतमा फस्दै गएको छ । यिनीहरुलाई कुलततर्फ नजान दिन विशेष खेलकुदको व्यवस्थापन गर्ने भन्दै मेयर महतोले विद्यालयको भौतिक सुधारसहित आमुल परिवर्तनको खाचो रहेको बताउँनुभयो ।

लहानका उपमेयर रामचरितर महतोले जबसम्म शिक्षा, स्वास्थ्य र रोजगारी सवल हुँदैन तबसम्म विकास निर्माण फड्को मार्न नसक्ने भएकोले आमुल परिवर्तनको खाचो रहेको बताउँनुभयो । नेपाल प्यावसनका अध्यक्ष पाण्डव हमालका सभाध्यक्षतामा भएको सो कार्यक्रममा उद्योग वाणिज्य सँघ लहानका अध्यक्ष अशोकलाल अमात्य, नेपाल पत्रकार महासँघ सिरहाका अध्यक्ष मनोज बनैता, धरनिधर अधिकारी, जितेन्द्रप्रकाश महतो, चक्रपानी दहाललगायतले मन्तव्य राख्नु भएका थिए ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१