एकै परिवारका दुईजनालाई हत्या गरेको घटना सम्वन्धि अनुसन्धान

  • जेठ १८, २०७९
  • १२०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, जेष्ठ । सिरहाको अर्नमा गाउँपालिका वार्ड नं.१ महनौर स्थित जेष्ट ८ गते पाल टोल बस्ने बर्ष ६० को लुचाई भन्ने चन्द्रदेव पाल र निजको छोरा बर्ष १९ को सन्त कुमार पाललाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घटना सम्वन्धि अनुसंन्धान गरिएको छ ।
घटनास्थलको प्रकृती ः– मृतकको घरको आँगनमा रहेको खरले छाएको गोठ भित्र खाटमा सुतिरहेको बेलामा टाउको, गर्दन, ढाड लगायतमा धारिलो हतियार प्रहार गरि हत्या गरेको अबस्थामा चन्द्रदेव पाल( बाबु ) को लाश रहेको । २ कोठे पक्की घरको पश्चिम पट्टिको कोठाको भूईंमा सुतिरहेको बेलामा घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या गरेको अबस्थामा सन्त कुमार पाल (छोरा) को लाश रहेको ।
घटनाको बारेमा सुरुमा थाहा पाउने व्यक्ति ः– अं. बिहानको ०२ः०० बजेको समयमा पानि पर्न थालेकोले बाहिर राखेको भेडाको उन पानीले नभिजोस भनेर भीत्र राख्नको लागि कोठा बाहिर निस्कन खोज्दा कोठामा बाहिरबाट चुकुल लगाएको थाहा पाई मृतकको श्रीमती पवनदेवी पालले आफ्नो श्रीमान र छोरालाई बोलाउँदा नउठेकोले छोरा सन्त कुमार पाल सँगै सुतेको पुरन पाल (छिमेकीको छोरा अं. बर्ष १२ ) लाई बोलाउँदा निज निन्द्रा बाट ब्यूंझिएर ढोका खोल्न लाग्दा उक्त कोठामा पनि बाहिर बाट चुकुल लागाई बन्द गरेकोले पवनदेवीले त्यो कोठाको कुनामा खन्ति, खुकुरी होला त्यसैले हानेर ढोका खोल्नु भनेकोले निज पुरन पालले खुकुरी र खन्तिको सहायताले भित्रबाट ढोका फुटाई बाहिर निस्की अर्को कोठाको बाहिर बाट चुकुल लगाएको कोठा पनि खोलिदिएको र पवनदेवीले बाहिर आई हेर्दा आफ्नो श्रीमान र छोरा मृत अबस्थामा देखेकोले गुहार – गुहार भनि स्थानियहरुलाई खबर गरेको ।
 
घटनास्थलमा प्रहरीको उपस्थीति ः– घटनाको बारेमा जानकारी पाउने बित्तिकै ई.प्र.का. अर्नामाबाट ०३ः२० मा प्रहरी टोली पुगी घटनास्थल सुरक्षित राखेको साथै जि.प्र.का. बाट प्र.उ. समेतको टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरि तालिम प्राप्त कुकुरको समेत सहयोग लिईएको ।अनुसन्धानमा लिइएको सहयोग ः– संघिय प्रहरी ईकाई जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहाकोअनुसन्धान टोली तथा प्ढ लालगढ को तालिम प्राप्त कुकुर सहितको टोली ।
प्रारम्भीक अनुसन्धान ः–
मृतक सन्त कुमार पालको जेठ ११ गते मोरगं जिल्ला बस्ने यूवती सँग बिबाह तय भएको । उक्त बिबाहको लागि केटी पक्षले केटा पक्षलाई दाईजो स्वरुप १ लाख नगद, एउटा मोटरसाईकल तथा ८ आना सुन दिने सहमति भएको ।निज यूवतीको सन्त पाल सँग बिबाह तय हुनु भन्दा पहिला गोलबजार बस्ने बेचु पालको छोरा प्रदिप पाल सँग बिबाह गर्ने तयारी भएको । उक्त बिबाहको लागि केटि पक्षले केटा पक्षलाई बिराटनगरमा घडेरी दिने , उक्त घडेरीमा घर पनि बनाईदिने र केटाले कुनै ब्यापार ब्याबसाय गर्ने भएमा सो ब्यापार ब्याबसायको लागि लगानी पनि गरिदिने कुरा भएकोमा पछि केटा (प्रदिप पाल) ले केटीको पहिला नै बिबाह भएको कुरा थाहा पाई उक्त केटी सँग बिबाह नगर्ने कुरा बताएकोमा निज केटाको बाबु बेचु पालले ठूलो मात्राको दाईजोको लोभमा आफ्नो छोरालाई त्यही केटी सँग बिबाह गर्नको लागि दबाब दिएको । पछि मृतक सन्त कुमार पाल सँग सोही केटीको थोरै दाईजोमा बिहेको कुरा मिलेकोले बेचु पाल लाई मृतकको परिवार सँग रिसिईवी भएको ।
मृतकको साईलो छोरा बिदेशमा रहेको र निजको श्रीमती शान्तिदेवी पाल गोलबजारमा कोठा लिएर बस्ने गरेकोमा निजको आफ्नो सासु ससुरा सँग राम्रो सम्बन्ध नरहेको । जेठ ११ गते तय भएको देवर सन्त कुमार पालको बिहेमा समेत तिमी आउनु पर्दैन, तिम्रो चरित्र राम्रो छैन , तिमी बिहेमा आयौ भने छिमेकीहरु हाम्रो घरमा आउँदैनन् त्यसैले तिमी बिहेमा नआउनु तिम्रो बच्चाहरुलाई मात्र पठाउनु भनेको तथा सासु ससुराले निज बुहारीलाई अंश समेत नदिने, खर्च पनि नदिने र माईतीबाट ल्याएको चाँदीको गरगहना समेत नदिएकोले निज शान्ति देवी पाललाई आफ्नै परिवार सँग रिसिईवी बढेको ।
जेठको पहिलो साता गोलबजारमा शान्तिदेवी र जनिफ मियाँ( जसलाई शान्तिदेवीको श्रीमानले आफु विदेश जाने बेलामा श्रीमतीको रेखदेख गरिदिनु भनि जिम्मा लगाएको व्यक्ति भन्ने बुझिएको ) कुरा गरिरहेको बेलामा निजहरुको चिनजानको बेचु पाल समेत पुगी कुराकानी गर्दा जनिफ मियाँले शान्तिदेवी पालको सासु ससुराले शान्तिदेवीलाई धेरै दुख दिए यिनिहरुलाई शान्तिदेवीको बाटोबाट हटाउनु पर्यो , सो वापत शान्तिदेवीले ५०,००० रुपैंया दिन्छे , यो काम गर्नु पर्यो भनेपछी बेचु पालको समेत त्यो परिवार सँग रिसिईबी भएको कारण बेचु पालले उक्त योजनामा सहमति जनाएको । शान्तिदेवीले यो काम पुरा गरेपछी पैसा दिन्छु भनेपछी जनिफ मियाँ र बेचुपालले ७ गते शनिबार राती मृतकको घर छेउको मन्दिरमा भेट्ने र काम फत्ते गर्ने, हत्या गर्नको लागि जनिफ मियाँ ले बन्चरो ल्याउने र बेचु पालले खुकुरी लिएर जाने योजना समेत बनाएको ।
गोलबजार बाट पैदलै हिडेर शनिबार अवेर साँझ बेचु पाल मृतकको घर अगाडिको बाटो हुदैं पहिला नै जनिफ सँग भेट गर्ने भनि तय भएको मन्दिरमा पुगेकोमा जनिफलाई नभेटेकोले पुनः सोही बाटो फर्केर घटनास्थलको रेकी गर्दै घटनास्थलको पुर्वपट्टीको राजदेवी मन्दिरमा गई केही समय आराम गरेको । मृतकको घरको अगाडीबाट आवत जावत गर्दा बेचु पाललाई हातमा झोला लिएर हिडेको देख्ने मानिश रहेको ।
मृतकको घरमा बिहेको तयारी स्वरुप गितहरु गाईरहेकोले भीडभाड रहेको हुदाँ केहि समय मन्दिरमा आराम गरि गित बज्न बन्द भए पश्वात बेचु पाल मृतकको घरमा गई झोलामा हाली ल्याएको खुकुरी निकाली बाहिर गोठमा सुतेको चन्द्रेश्वर पाललाई पहिला र सन्त कुमार पाललाई पछि प्रहार गरि हत्या गरि कोठाहरुमा बाहिरबाट चुकुल लगाई घटनास्थलको पुर्व पट्टीको राजदेवी मन्दिर तर्फ लागेको ।राजदेवी मन्दिरमा पुगि हातमुख राम्रो सँग धोई पखालि गरेको र बालुवाले घोटेर खुकुरी समेत पखालेको । बेचु पाल त्याहाँबाट पैदलै हिडेर बिहान गोलबजार स्थित आफ्नो घरमा पुगेको ।
तालिम प्राप्त कुकुर समेत निजले वारदात पश्चात प्रयोग गरेको बाटोमा नै गएको ।
घटनामा प्रयोग भएको खुकुरी र खुकुरी राखेको झोला
खुकुरी बेरेर राखेको लुंगि
घटनामा प्रयोग भएको खुकुरी र खुकुरी राखेको झोला
खुकुरी बेरेर राखेको लुंगि
वारदातको बेलामा लगाएको पाईन्ट तथा टिशर्ट ( रगत लागेको )
मोबाईल थान –४
हत्याको कारण ः– मृतकको परिवार सँगको रिसिईवी
प्रतिवादीहरुको नामथर ः–
जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं. ०४ बस्ने बर्ष ६५ को बेचु पाल ।
जिल्ला सिरहा अर्नामा गाउँपालिका घर भई हाल गोलबजार नगरपालिका वडा नं. ०४ बस्ने मृतक चन्द्रेश्वर पालको साईली बुहारी बर्ष २६ कि शान्तिदेवी पाल ।
जिल्ला सिरहा अर्नामा गाउँपालिका वडा नं. ०१ महनौर बस्ने बर्ष ४८ को जनिफ मियाँ।
कर्तव्य ज्यान मुद्दामा सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ०७ को म्याद लिई थप अनुसन्धान कार्य भईरहेको ।
वारदातको बेलामा लगाएको पाईन्ट तथा टिशर्ट ( रगत लागेको )
मोबाईल थान –४
हत्याको कारण ः– मृतकको परिवार सँगको रिसिईवी
प्रतिवादीहरुको नामथर ः–
जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं. ०४ बस्ने बर्ष ६५ को बेचु पाल ।
जिल्ला सिरहा अर्नामा गाउँपालिका घर भई हाल गोलबजार नगरपालिका वडा नं. ०४ बस्ने मृतक चन्द्रेश्वर पालको साईली बुहारी बर्ष २६ कि शान्तिदेवी पाल ।
जिल्ला सिरहा अर्नामा गाउँपालिका वडा नं. ०१ महनौर बस्ने बर्ष ४८ को जनिफ मियाँ।
कर्तव्य ज्यान मुद्दामा सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ०७ को म्याद लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
बिरेन्द्र  नेपाल को फेसबुक वाल बाट

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१