ताजा समाचार

इप्रका बोदे बर्साईनलाई ठुलो सफलता ,भाउजुको हत्यारा देवर पक्राउ

  • जेठ १८, २०७९
  • २६४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

२०७९ जेष्ठ १८ , मंगलवार ०७:१२ उमेश कुमार साह आगो लगाएर भाउजुको हत्या गरी फरार रहेका देवर ५ महिना पछि पक्राउ परेका छन् । घरायसी विवादमा सप्तरीको बोदेबर्साइन नगरपालिका ९ धनगढी टोलकी २७ बर्षीया राजकुमारी साहलाई पेट्रोल छर्कि आगो लगाई हत्या गरी फरार रहेका उनकै सहोदर देवर २५ बर्षीय प्रमेश्वर साह पक्राउ परेका छन् । उनी घरमै लुकी बसेको गोप्य सूचना आएपछि ईलाका प्रहरी कार्यालय बोदेबर्साइनका प्रहरी नायव निरीक्षक सुरेश पालको कमान्डमा पुगेको प्रहरी टोलीले आईतबार राती उनलाई पक्राउ गरेका थिए । प्रहरीका अनुसार आफू विरुद्घ दाजु रबिनलाई उक्साएको निहुँमा प्रमेश्वरले गत माघ २१ गते भाउजु राजकुमारीलाई पेट्रोल छर्कि आगो लगाएका थिए । राजकुमारीको घटनाको २ दिन पछि उपचारको क्रममा मृत्यु भएपछि प्रमेश्वर फरार भएका थिए । पक्राउ परेका प्रमेश्वरलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤