इप्रका बोदे बर्साईनलाई ठुलो सफलता ,भाउजुको हत्यारा देवर पक्राउ

  • जेठ १८, २०७९
  • २४९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

२०७९ जेष्ठ १८ , मंगलवार ०७:१२ उमेश कुमार साह आगो लगाएर भाउजुको हत्या गरी फरार रहेका देवर ५ महिना पछि पक्राउ परेका छन् । घरायसी विवादमा सप्तरीको बोदेबर्साइन नगरपालिका ९ धनगढी टोलकी २७ बर्षीया राजकुमारी साहलाई पेट्रोल छर्कि आगो लगाई हत्या गरी फरार रहेका उनकै सहोदर देवर २५ बर्षीय प्रमेश्वर साह पक्राउ परेका छन् । उनी घरमै लुकी बसेको गोप्य सूचना आएपछि ईलाका प्रहरी कार्यालय बोदेबर्साइनका प्रहरी नायव निरीक्षक सुरेश पालको कमान्डमा पुगेको प्रहरी टोलीले आईतबार राती उनलाई पक्राउ गरेका थिए । प्रहरीका अनुसार आफू विरुद्घ दाजु रबिनलाई उक्साएको निहुँमा प्रमेश्वरले गत माघ २१ गते भाउजु राजकुमारीलाई पेट्रोल छर्कि आगो लगाएका थिए । राजकुमारीको घटनाको २ दिन पछि उपचारको क्रममा मृत्यु भएपछि प्रमेश्वर फरार भएका थिए । पक्राउ परेका प्रमेश्वरलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहाको खेलकुद विकास ...

ओम प्रकाश यादव लहान पुस ७ । आठ वर्षको लामो अन्तरालपछि सिरहामा जिल्लास्तरीय अन्तरविद्यालय यु&nda ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१