ताजा समाचार

श्रीमान गुमाएकी ममता यादवलाई सन नेपालका प्रबन्धक महतोद्वारा १४ लाख सहयोग

सन नेपालका प्रबन्धक उपेन्द्र नारायण महतोद्वारा पीडित महिलालाई १४ लाख सहयोग

  • जेठ १८, २०७९
  • १६०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १८ जेठ-वैदेशिक रोजगारमा साउदी अरेबिया पुगेका सिरहाको गोलबजार नगरपालिका ९ बस्ने बुवा श्रीराम यादव र आमा बिल्टी देवी यादवको करिब ३४ बर्शिय छोरा राम एक वाल यादवले वैदेशिक रोजगारीमा गएका थिए। उनले २०७८-११-१५ गतेका दिन झुन्डिएर आत्म हत्या गरेका हुन्। वैदेशिक रोजगार जीवन बिमा अन्तर्गत सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले मृतकको श्रीमती ममता कुमारी यादवलाई श्रीमानको कृया खर्च सहित १४ लाखको चेक आर्थिक सहयोग बापत हस्तान्तरण गरेका छन्।

Open photo

मृतक यादवको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा अभिलेख नम्बर FE1000251858 रहेका छन्।उनलाई एक श्रीमती २ छोरी र १ छोरा रहेका छन्।समान्य परिवारको छोरा समेत रहेका यादव आर्थिक सम्पन्न गर्न वैदेशिक रोजगारमा साउदी अरेबिया पुगेका थिए। ऊनी घरको आर्थिक सबलताको लागि पटक-पटक वैदेशिक रोजगारमा साउदी पुगेका थिए। यादव तेस्रो पलट पुनः साउदी पुगदा घटना घटेका हुन्। मृतक यादवको छोरा छोरीलाई बिचल्ली भएको छ। पीडित परिवारको आफन्त पवन कुमार यादव धनगढीमाई १० र अर्को पवन कुमार यादव धनगढीमाई १३ को रोहवरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान सखाको प्रबन्धक उपेन्द्र नारायण महतोले मृतकको श्रीमती ममता कुमारी यादवलाई १४ लाखको चेक हस्तान्तरण गरेका छन्।

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤