महेश सिंह

सिरहा लहान १८ जेठ- बैशाख ३०"गतेको स्थानीय निर्वाचनबाट लहान नगरपालिकामा निर्वाचित भएका नगर प्रमुख ,उप-प्रमुख र लहानका सम्पुर्ण वडाका अध्यक्षहरुलाई लहान स्थित संचालनमा रहेको जे.एस.मुरारका बहुमुखी क्याम्पस लहानद्वारा नवनिर्वाचित नगर प्रमुख महेश प्रसाद चौधरी र उप-प्रमुख राम चलितर महतो लगायत वडा नम्बर १ देखि २४ वडाका अध्यक्षहरुलाई भब्य स्वागत तथा सम्मान गरिएका छन्।

नेपाली काङ्ग्रेसका नेता तथा जे.एस मुरारका बहुमुखी क्याम्पस लहानका अध्यक्ष स्याम सुन्दर चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा क्याम्पसका संस्थापक अध्यक्ष तथा माननिय लगन लाल चौधरीको प्रमुख अतिथिको आतिथ्यता रहेको थियो। सोही क्याम्पसबाट एस्नात्कोतर सम्म अध्ययन गरेका महेश प्रसाद चौधरीलाई शिक्षा अध्ययन संग सगै राजनिती यात्रा सोही क्याम्पसबाट सुरु गरेका हुन्। २०४४ सालमा जनस्तरबाट निर्माण भएको क्याम्पस भने चिनिन्छ। उक्त क्याम्पसले स्थापनाको ३३ बर्ष यात्रा पुरा गरेका छन्।

५० जना प्रद्य्यापकहरु रोजगार पाए र कार्यरत रहेका छन् भने करिब ४ हजार गरिब दलित र निम्न बर्ग समुदायका,किसानको छोरा,छोरी अध्ययनरत रहेका क्याम्पस प्रमुख तुलसी राम पोखरेलले बताए। पोखरेलका अनुसार जे.एस. मुरारका बहुमुखी क्याम्पस नेपालमा शैक्षिक क्षेत्रमा छुट्टै स्थान हासिल गर्न सफल भएको क्याम्पस हो। सहाय क्याम्पस प्रमुख सजन कुमार साहका अनुसार आउने पुस्ताको विद्यार्थीहरुलाई मधेस प्रदेशको शिक्षाको हबको रूपमा लहानका जे.एस.मुरारका बहुमुखी क्याम्पस आवश्यक रहने बताए।क्याम्पसले मधेस प्रदेशमा मात्र हैन अन्तर्राष्ट्रिय रूपमा बिश्वबिधालयको रूपमा पहल गर्न सम्पुर्ण लहानका जन प्रतिनिधि र स्थानीय बासीको दायित्व रहेको बताए।

कार्यक्रममा सहाय क्याम्पस प्रमुख संजय कुमार साहले बिगत र हाल सम्मको क्याम्पसको गतिविधि र QA प्राप्त गरेको बिषयमा बिस्तृत चर्चा गर्दै नव-निर्वाचित मेयर महेश प्रसाद चौधरी र उप मेयर रामचलितर महतो लगायत सम्पुर्ण वडा अध्यक्षहरुलाई स्वागत र सम्मान गर्न आउँदा क्याम्पसका सम्पुर्ण कर्मचारीहरु हर्षित भएका छन्। नव-निर्वाचित मेयर महेश प्रसाद चौधरीले समान ग्रहण गर्दै क्याम्पसमा लाख हैन आवश्यकता बजेट लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। उप-मेयर महतोले मन्तव्य राखदै क्याम्पसलाई सहयोग गर्न पछाडी नहटने बताए।