मधेश प्रदेशका संसद माननिय लगन लाल चौधरीको प्रमुख अथितीमा जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानद्धारा आयोजना कार्यक्रममा नेपाल आधिराज्य भरीका सबभन्दा ठूलो नगरपालिका लहान नगपालिका नगर प्रमुख महेश प्रसाद चौधरी , उप प्रमुख रामचलितर महतो लगायत २४ वटै वडाका वडा अध्यक्षहरुलाई एक कार्यक्रम बिच क्याम्पसका संचालक समितीका अध्यक्ष राम सुन्दर चौधरी , क्याम्पस प्रमुख तुलसी राम पोखरेल , सहायक क्याम्पस प्रमुख संजय कुमार चौधरी, सहायक क्याम्पस प्रमुख सजन कुमार साह ,सहायक क्याम्पस प्रमुख कन्हैंया भट्ट लगायत क्याम्पसका प्रध्यापक ,प्रशासनका कर्मचारी र विधार्थीहरुले स्वागत तथा सम्मान गरेको छ ।
जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानबाटै शिक्षा हासिल गर्नु भएका नगर प्रमुख , उप प्रमुख लगायत विभिन्न वडाका वडा अध्यक्षहरुलाई स्वागत तथा सम्मान गर्न पाउँदा आफुलाई निकै नै गौरभावित महशुस भएको जे.एस. मुरारका बहुमुखी क्याम्पस लहान प्रमुख तुलसी राम पोखरेलले बताउनु भयो । अब यस क्याम्पसलाई एउटा विश्व विधालयको रुपमा विकास गर्न ठूलो सहयोग गर्नुहुने विश्वास पनि लिएको क्याम्पस प्रमुख पोखरेलले बताउनु भयो ।
जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानले शिक्षा मात्रै होइन मलाई नेतृत्व विकास गर्न पनि मलाई ठूलो योगदान पुगाएको शैक्षिक संस्था हो । २०४४ साल देखि संचालित क्यू.ए.ए. मान्यता प्राप्त क्याम्सलाई कसरी मधेश प्रदेशको एउटा नमुना क्याम्पस बनाउन सकिन्छ भन्ने तफ हरसम्भव साथ र सहयोग गर्ने प्रतिबद्धता नवनिर्वाचित नगर प्रमुख महेश प्रसाद चौधरी ब्यक्त गर्नु भयो ।
जे.एस. मुरारका बहुमुखी क्याम्पस लहान संस्थापक स्ववियू सभापति समेत रहनु भएको नगर प्रमुख चौधरीले नगरपालिकामा शिक्षा , स्वास्थ तथा रोजगारमा बढी केन्द्रित भएर काम गर्ने भएको हुदा यसमा प्रध्यापक वर्गहरुको सल्लाह सुझाव समय सापेक्ष रुपमा लिने । नगरका जनप्रतिनिधीको रुपमा संगै पढेका मित्र र विधार्थीहरुलाई पाउँदा सारै नै खुशी लागेको कार्यक्रमका उदघोषक तथा सहायक क्याम्पस प्रमुख सजन कुमार साहले बताउनु भयो ।