ताजा समाचार

कपिलवस्तुमा किसानलाई धान बीउको चिन्ता

  • जेठ १५, २०७९
  • १३७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवजोत / जेठ १५ कपिलवस्तु विजयनगर गाउंपालिका धानको बीउको अभाव भएको छ । हिउँदे धानको बीउ रसायनिक मल (खाद) राख्ने बेला भएको बेला बजारमा भरपर्दो बीउ नपाएपछि किसानको पिरोलो बढेको हो । मुख्य बाली धान ठीक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान चिन्तित बनेका छन् । “आधा जेठ त भई नै हाल्यो, खै बीउ पाइँदैन, के गर्ने होला ?”अहिले यहाँका आम किसान यस्तै भन्छन् । स्थानीय तहको चुनावबाट जितेका प्रतिनिधिले काम सम्हाले पनि ‘बीउको प्रबन्ध यहाँ गरिएको छ’ भने । “चुनावअघि प्रचारमा घरघर पुग्दा अब बस्तीबस्तीमै बीउ, रसायनिक मल (खाद)मल सुलभ मूल्यमा व्यवस्था गरिन्छ भन्थे” भर्खरै सम्पन्न स्थानीयतह निर्वाचन अभियानको प्रचारप्रसार सम्झँदै उनले भने,

विजयनगर गाउंपालिका समयसमयमा परेको पानीले माटोमा धुले बीउ राख्ने चिस्यान पर्याप्त भए पनि बीउको टुङ्गो नहुँदा किसान रनभूल्ल परेका हुन् । यसपालि वैशाखी तरकारी हुरीबतास र पानीले पिटेर गलेको फलपूल हावाहुरीले सोत्तर पारेर झारेको पिरोलो खेपेका यहाँका किसानलाई मध्य जेठ बित्दै गर्दा धानको बीउको समस्या परेको छ । यही जेठ मध्यसम्म धानको बीउ नै नभेटिएपछि यसपालि समयमा ब्याड राख्न र रोपाँइ गर्न नभ्याइने भन्ने किसानको आशङ्का छ । पहिलो सातालगत्तै धानको सघन बीउ (बेर्ना) रोपाँइ सुुरु हुने भए पनि अहिलेसम्म धानको बीउको जोहो नै नहुँदा यसपाली ठीक समयमा खेती लाग्न नसक्ने किसानको चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤