कृष्णनगरमा ईमाम ए आजम कान्फ्रेन्सको इत्तेहाद नेपाल अध्यक्ष किफायतुल्ला खां द्वारा प्रशंसा

  • जेठ १०, २०७९
  • ७५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, जेष्ठ १० कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगरमा ईमाम ए आजम कान्फ्रेन्स को इत्तेहाद नेपाल अध्यक्ष किफायतुल्ला खाले प्रशंसा गरेका छन् l उनले बताएकी नेपाली सुन्नी मुस्लिमहरुको दरगाह ए आला हजरतबाट धेरै पुरानो र गहिरो सम्बन्ध छ ।नेपाली सुन्नी सूफी बिचारधाराको अनुयायहरुको विकासको लागि आला हजरत र खानदान ए आला हजरतको निकै ठुलो योगदान छ ।

कपिलवस्तुको कृष्णनगरमा शनिबार आयोजना गरिएको कार्यक्रममा भारतका वरिष्ठ आलीम ए दीन तथा दरगाह ए आला हजरतका सचीव मौलाना सलीम नूरीले नेपाली सुन्नी मुस्लिम समुदाय र दरगाह ए आला हजरतको वर्षौं पुरानो सम्बन्ध रहेको बताउनु भयो । उहाले भन्नुभयो कि नेपाली सुन्नी समुदायको आर्थिक सामाजिक धार्मिक विकासको लागि आला हजरत र खानदान ए आला हजरतले वर्षौं देखी काम गर्दै आएको छन् । उहाँले भन्नू भयो नेपालमा सुन्नी मुस्लिमहरुको संरक्षण तथा उन्नतिको लागि खानदान ए आला हजरतले पैदल यात्रा गरेर पनि काम गरेका छन् । उहाँको अनुसार मुफ्तिए आजम ए हिन्द , मुफस्सिर ए हिन्द , हुज्जतुल ईस्लाम , रेहान ए मिल्लत लगायतले नेपालको अधिकांश जिल्लामा मदरसा मस्जिदको बुनियाद राखेर सुन्नी समुदायको शैक्षिक आर्थिक सामाजिक विकासमा टेवा पुर्याएका हुन् । मौलाना मुश्ताक़ बरकती ,नसरूललह खां हैदर अली मुस्तफ़ा लगायत समेतले उक्त कार्यक्रमको प्रशंसा गरेका थिए l

उक्त सभामा अतिथिको रूपमा पाल्नु भएको मौलाना सय्यद गुलाम हुसैन मजहरीले नेपाल उल्मा काउन्सिलले नेपाली सुन्नी सूफी बिचारधाराको नागरिकहरुको लागि मुस्लिम युनिभर्सिटी सञ्चालनमा छिटै आउने र ईमाम अहमद रजा नामक लाइब्रेरी निर्माण हुने बताउनु भयो । उहाँले भन्नू भयो कि नेपाली सुन्नी सूफी खानकाही बिचारधाराको अनुयायीहरुले सभा सम्मेलनहरुमा कटौती गरि शैक्षिक विकासको लागि युनिभर्सिटी कलेज र विद्यालयहरुमा लगानी गर्नुपर्ने अवश्यकता छ । सभामा प्रमुख अतिथिको रूपमा पाल्नु भएको दरगाह ए आला हजरतको वरिष्ठ सूफी मुफ्ती अहसन रजा खान एव: मुफ्ती मन्ना रजा खानले कार्यक्रमको अन्तिममा नेपालको विकास र सौहार्दको लागि प्राथना गरे । ईमाम ए आजम कान्फ्रेन्समा १० जना बालिकाहरुलाई दस्तार ए हिफ्जुल कुरआन गराइएको हो ।

प्रतिक्रिया दिनुहोस

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

जातिय छुवाछुत विरुद् ...

संजू कुमारी दास चैत्र १४ । गोलबजार नगरपालिका वडा नं. ५ मगर टोलमा जातिय छुआछुत विरुद्धको शान्ति भोज स ...

मधेश प्रदेश सरकारमा ...

जनकपुरधाम, १४ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रवक्ता डा.आभास लाभले राज्यसत्ताको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१