ताजा समाचार

कृष्णनगरमा ईमाम ए आजम कान्फ्रेन्सको इत्तेहाद नेपाल अध्यक्ष किफायतुल्ला खां द्वारा प्रशंसा

  • जेठ १०, २०७९
  • १०६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, जेष्ठ १० कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगरमा ईमाम ए आजम कान्फ्रेन्स को इत्तेहाद नेपाल अध्यक्ष किफायतुल्ला खाले प्रशंसा गरेका छन् l उनले बताएकी नेपाली सुन्नी मुस्लिमहरुको दरगाह ए आला हजरतबाट धेरै पुरानो र गहिरो सम्बन्ध छ ।नेपाली सुन्नी सूफी बिचारधाराको अनुयायहरुको विकासको लागि आला हजरत र खानदान ए आला हजरतको निकै ठुलो योगदान छ ।

कपिलवस्तुको कृष्णनगरमा शनिबार आयोजना गरिएको कार्यक्रममा भारतका वरिष्ठ आलीम ए दीन तथा दरगाह ए आला हजरतका सचीव मौलाना सलीम नूरीले नेपाली सुन्नी मुस्लिम समुदाय र दरगाह ए आला हजरतको वर्षौं पुरानो सम्बन्ध रहेको बताउनु भयो । उहाले भन्नुभयो कि नेपाली सुन्नी समुदायको आर्थिक सामाजिक धार्मिक विकासको लागि आला हजरत र खानदान ए आला हजरतले वर्षौं देखी काम गर्दै आएको छन् । उहाँले भन्नू भयो नेपालमा सुन्नी मुस्लिमहरुको संरक्षण तथा उन्नतिको लागि खानदान ए आला हजरतले पैदल यात्रा गरेर पनि काम गरेका छन् । उहाँको अनुसार मुफ्तिए आजम ए हिन्द , मुफस्सिर ए हिन्द , हुज्जतुल ईस्लाम , रेहान ए मिल्लत लगायतले नेपालको अधिकांश जिल्लामा मदरसा मस्जिदको बुनियाद राखेर सुन्नी समुदायको शैक्षिक आर्थिक सामाजिक विकासमा टेवा पुर्‍याएका हुन् । मौलाना मुश्ताक़ बरकती ,नसरूललह खां हैदर अली मुस्तफ़ा लगायत समेतले उक्त कार्यक्रमको प्रशंसा गरेका थिए l

उक्त सभामा अतिथिको रूपमा पाल्नु भएको मौलाना सय्यद गुलाम हुसैन मजहरीले नेपाल उल्मा काउन्सिलले नेपाली सुन्नी सूफी बिचारधाराको नागरिकहरुको लागि मुस्लिम युनिभर्सिटी सञ्चालनमा छिटै आउने र ईमाम अहमद रजा नामक लाइब्रेरी निर्माण हुने बताउनु भयो । उहाँले भन्नू भयो कि नेपाली सुन्नी सूफी खानकाही बिचारधाराको अनुयायीहरुले सभा सम्मेलनहरुमा कटौती गरि शैक्षिक विकासको लागि युनिभर्सिटी कलेज र विद्यालयहरुमा लगानी गर्नुपर्ने अवश्यकता छ । सभामा प्रमुख अतिथिको रूपमा पाल्नु भएको दरगाह ए आला हजरतको वरिष्ठ सूफी मुफ्ती अहसन रजा खान एव: मुफ्ती मन्ना रजा खानले कार्यक्रमको अन्तिममा नेपालको विकास र सौहार्दको लागि प्राथना गरे । ईमाम ए आजम कान्फ्रेन्समा १० जना बालिकाहरुलाई दस्तार ए हिफ्जुल कुरआन गराइएको हो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤