सिरहामा माओवादीको ठूलो क्षति, एमाले—जसपाको दवदवा

  • जेठ ६, २०७९
  • १०८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता—नवसंग्राम दैनिक लहान, ६ जेठ । सिरहाको १७ स्थानीयतह मध्ये नेकपा एमाले अग्रस्थान ओगटेको छ । योसँगै जनता समाजवादी पार्टी समेत आफ्नो वर्चस्व कायम राखेको छ । स्थानीयतहको निर्वाचनमा एमाले धनगढीमाईमा शिवशंकर महतो विजय भएका छन् । यसैगरी, विष्णुपुर गाउँपालिकामा एमालेबाट अध्यक्षमा सत्यनारायण यादव, कर्जन्हा नगरपालिकामा एमालेबाट भोला पोखरेल, भगवानपुर गाउँपालिकामा उग्रनारायण यादव अध्यक्षमा विजय भएका छन् ।

सिरहा नगरपालिकामा समेत एमालेबाट डा. नविन यादव मेयरमा विजय भएका छन् । कल्याणपुर नगरपालिकामा एमालेबाट मेयरमा साह विजय भएका छन् । यसअघि एमालेको सिरहामा नरहा गाउँपालिका, सुखीपुर नगरपालिका, लहान नगरपालिकामा स्थानीय सरकार रहेको थियो । योसँगै सिरहामा एमालेको थप दूई पालिकामा विजय हुने सम्भावना छ । उता, जसपाबाट नवराजपुर गाउँपालिकामा प्रमुख उपप्रमुख विजय भएका छन् । त्यसैगरी, जसपाबाट नै अर्नामा गाउँपालिका प्रमुखमा अशोक यादव विजय भएका छन् । त्यस्तै, जसपाबाट लहान नगरपालिकाको उपमेयर, कर्जन्हा नगरपालिकाको उपमेयर र विष्णुपुर गाउँपालिकका उपप्रमुख विजय भएका छन् ।

सोहीक्रममा वरियारपट्टी, औरही गाउँपालिकामा जसपाका उम्मेदवार विजय हुने सम्भावना छ । एकीकृत समाजवादीबाट सखुवानन्कारकट्टी गाउँपालिकामा केदारनाथ यादव विजय भएका छन् । यो चुनावमा नेकपा माओवादीको सिरहामा ठूलो क्षति भएको छ । एक स्थानीयतहमा विजय हुने सम्भावना छ । उता, काँग्रेसको पनि फितलोपन रहेको अवस्था छ । लहान नगरपालिकामा काँग्रेसका उम्मेदवार महेश चौधरी विजय भएका छन् भने लक्ष्मीपुर पतारीमा काँग्रेसको उम्मेदवार विजय हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१