धर्मेन्द्र कुमार कुर्मी / विजयनगर / जेठ २ कपिलवस्तु विजयनगर गाउंपालिका ७ लालपुर लुकाइ छिपाइ राखेको ९ वटा सघुन गोलिया झन्डै काठ सोमवार सांझ विशेष सूचनाको आधारमा बनले जिल्लाकाे कपिलवस्तु विजयनगर गाउंपालिका ७ लालपुर काे एउटा बगैचा मा लुकाएर राखिएकाे अवस्थामा सघुन काठ बरामद गरिएकाे जनाएकाे छ। ३ बजेकाे समयमा सुराकीकाे आधारमा बान काठ बरामद गरेकाे छ । नेपाल-भारत दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट र टिककाे काठ ल्याउने गरेका छन । विजयनगर गाउंपालिकाका वडा ६,७ र कृष्णनगर नगरपालिकाकाे वडा १२ भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन । जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएको छन ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic