Siraha Times
ताजा समाचार

स्थानीय चुनावमा एक लाख ५३ हजार दुई उम्मेद्वार दिदै

  • वैशाख १६, २०७९
  • १०८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर १५ बैशाख– आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका उम्मेद्वारी दर्ता गराउनेको संख्या एक लाख ५३ हजार दुई पुगेको छ । निर्वाचन आयोगले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्याल एक लाख ५३ हजार दुई पुगेको जानकारी दिए । उनका अनुसार मेयरमा तीन हजार ५१० र अध्यक्षमा तीन हजार ३७७ पुगेको छ । यसैगरी, उपमेयमा दुई हजार १६८ जना, उपाध्यक्षमा दुई हजार ४०१, वडा अध्यक्षमा ३५ हजार ३५३, महिला सदस्यमा २६ हजार ५३२, दलित महिला सदस्यमा ३३ हजार ९३१ र सदस्यमा ५५ हजार ७२० जनाले मनोनयन दर्ता गराएको उनले जानकारी दिए । यो संख्या आयोगमा दिउँसो ३ः३० बजेसम्म प्रविष्ट गरिएको आधारमा भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१